मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन नरहेको बताएका छन् । तर उनले यतिबेला आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने जिकिरसमेत गरेका छन् । राष्टियताको सवालमा आफू प्रधानमन्त्रीको कुर्सीमा बसिरहनु पर्ने पनि उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना नदेख्न पनि आग्रह गरे ।

‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन,’ मदन भण्डारीको जन्मजयन्तीमा बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तर यतिबेला म हट्ने हो भने फेरि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न सक्दैन । ’cause बोलेको भोलिपल्ट नै बर्खास्त हुन्छ ।’

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि फिर्ता नल्याएसम्म नछोड्ने यसअघि पनि बताएका थिए । तर नक्सा जारी भएपछि आफूलाई हटाउने खेल भइरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको नयाँ नक्सा नछापिएको बताउँदै भूमि फिर्ता गर्ने अभियानबाट पछि नहट्ने पनि बताए । ‘भुलचुकले नक्सा छापेको होइन, संविधान संशोधन गरिएको होइन, भूमि फिर्ता गर्ने यस अभियानबाट हामी पछि हट्ने छैनौं, हामी हाम्रो भूमि फिर्ता नलिइकन छाड्दैनौं,’ प्रधानमन्त्री ओलीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 341 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ