उदयपुरमा एकै दिन थपिए ८ जना संक्रमित

उदयपुर । उदयपुरमा ४ महिलासहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । तेश्रो मुलुलक तथा भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडा क्वारेन्टिनमा बस्दै आएका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतको दिल्लीबाट आएका त्रियुगा नगरपालिका–९ गहिरुनका ३० वर्षीय महिला, दिल्लीबाट आएका त्रियुगा नगरपालिका–१० बोक्सेका ५३ वर्षीय महिला, बैदेशिक रोजगारीमा कुबेतबाट आएका त्रियुगा नगरपालिका–६ जलजलेका ३० वर्षीय महिला, बैदेशिक रोगजारीमा कुबेत पुगेर आएकी त्रियुगा नगरपालिका– ४ बगाहाकी ३८ वर्षीय महिला, भारतको युपिबाट जोगबनी नाका हुँदै आएका त्रियुगा नगरपालिका– ६ का ३५ वर्षीय पुरुष, दिल्लीबाट जोगबनी नाका हुँदै भित्रिएका त्रियुगा नगरपालिका– १० बोक्सेका २६ वर्षीय पुरुष, कुबेतबाट आएका त्रियुगा नगरपालिका– २ मोतियाहीका ३० वर्षीय पुरुष र बैदेशिक रोजगारीमा दुबई पुगेर आएका त्रियुगा नगरपालिका– ८ चुहाड्का २३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।

उनीहरु असार ९ गते कुबेत, दुबई भारतको दिल्ली, युपिबाट बिभिन्न नाकाबाट उदयपुर प्रबेश गरेका थिए । उदयपुरमा कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणोन्मुख देखिएको अबस्थामा भारतबाट आउन थालेपछि पुन कोरोना देखिन थालेको हो । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार भारतबाट आएर क्वारेन्टिनमा राखिएका मात्र कोरानो संक्रमण पुष्टि भएका हुन । उनीहरु भारतको बिभिन्न शहरबाट फर्केको बताइएको छ । उनीहरुलाई नगरपालिकाले उद्धार गरि गत ३१ गते र असार ९ गते सिमा नाका पुगेर उद्धार गरी क्वारेन्टाईनमा राखेको हो ।

क्वारेन्टिनमा रहेका मध्ये संक्रमितहरु सबै त्रियृुगा नगरपालिकाका बिभिन्न वडाका हुन् । उनीहरुलाई कोरोना उपचार केन्द्रमा लैजाने तयारी भई रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका श्रोत व्यक्ति लौकाजी राईले बताए । पछिल्लो समय भारतबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिने क्रम जारी रहेको छ । बैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिला सहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका थिए ।

जेठ २ गते ताप्ली गाउँपालिका– ५ रुपाटार घर भई त्रियुगा नगरपालिका–११ गाईघाटमा भाडामा बस्दै आएका १ पत्रकारमा पाइएपछि भुल्केसँग ‘नेटवर्किङ’ जोडिएका नयाँ संक्रमित भेटिएका छैनन् । शनिबार भएको पछिल्लो पुष्टिसँगै उदयपुरमा संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमित मध्ये ४७ जना निको भएर घर फर्किसकेका छन् भने १२ जना कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

त्यसैगरी अहिलेसम्म उदयपुरमा १३ जना महिलासहित ५९ जनामा कोरोना पुष्टि भएको थियो । जसमा त्रियुगा नगरपालिकामा ४९ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरमा नयाँ सम्भाबित संक्रमित ८० जना रहेको अनुमान गरिएको छ । जसमा कटारी नगरपालिकामा २८ जना, चौदण्डीगढी नगरपालिकामा ६ जना, त्रियुगा नगरपालिकामा ९ जना, बेलका नगरपालिकामा १६ जना, रौतामाई गाउँपालिकामा ९ जना र लिम्चुङबुङ गाउँपालिकामा १२ जना रहेको उल्लेख गरिएको छ । क्वारेन्टिनमा ३७ महिलासहित १९७ जना रहेका छन् । होम क्’boutन्टिनमा १४ महिलासहित ४६० जना रहेको छ । उदययपुरमा ३५ स्थानमा निर्माण गरिएको क्वारेन्टिनमा ५५० बेड क्षमता रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले उल्लेख गरेको छ । उदयपुरमा अहिलेसम्म १६२ महिलासहित ८०८ जनाको आरडिटि गरेको छ भने ९१४ जना महिलासहित ३ हजार ४ सय २१ जनाको पिसिआर गरेको बताईएका छन् । जसमा १ महिलासहित ५ जना आइसोलेसनमा उपचारार्थ छन ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ