Monday, May 17, 2021
Home प्रदेश कर्मचारी सरुवाले रौतहटका स्थानीय तह अस्तव्यस्त

कर्मचारी सरुवाले रौतहटका स्थानीय तह अस्तव्यस्त

,

रौतहट । अहिले देश कोरोना महामारीसंग जुध्दैछ, देशमा आंशिक रुपमा भएपनि रौतहटमा पूर्ण लकडाउन छ, आर्थिक वर्षको अन्तिम मसान्त भएकोले कामको अत्यधिक चटारो छ ।

खासगरी स्थानीय तहले एकातिर प्रतिकुल परिस्थितिको सामना गर्दै अत्यावश्यक दैनिक प्रशासनिक कार्य अगाडि बढाउनुपर्ने बाध्यता छ भन्ने अर्को तर्फ नगरसभा सम्पन्न गरी आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने मुख्य काम बाँकी छ ।

तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनावश्यक हस्तक्षेप र गैरजिम्मेवारपूर्ण रवैया कारण स्थानीय तहहरु अस्तव्यस्त मात्र भएका छैन धेरै स्थानीय तहहरु प्रशासनिक नेतृत्वविहीन बनेको छ ।

रौतहटमा रहेको अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत विधिपूर्वक तोकिएको छैन । रौतहटको १८ मध्ये ८ वटा स्थानीय तहले त प्रमुख प्रशासकीय अधिकृत नभएर कानुनले व्यवस्था गरेबमोजिम असार १० गते नगरसभा बैठक बस्न पाएन ।

राजदेवी, इशनाथ, बौधीमाई, देवाही गोनाही, कटहरिया, गरुडा, फतुवा विजयपुर नगरपालिकाको नगरसभा नहुँदा अन्योल सृजना भएको छ । रौतहटका अधिकांश स्थानीय तहमा प्रशासकीय अधिकृत सरुवाले गर्दा अस्तव्यस्तता मात्र आएको छैन, संघीय मामिला मन्त्रीको नियतमाथि नै प्रश्न उठ्न थालेको छ ।

देवाही गोनाहीमा डेढ महिनामा ५ अधिकृतको सरुवा

कोरोना महामारीको रोकथाम र नियन्त्रणमा नगरपालिकाले लकडाउनको सुरुसंगै प्रभावकारी ढंगले कार्य अगाडि बढाईरहेको सन्दर्भमा एकाएक वैशाख ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहको सरुवा गरी भोजबहादुर ऐडीलाई पठाएको थियो ।

राजदेवी, इशनाथ, बौधीमाई, देवाही गोनाही, कटहरिया, गरुडा, फतुवा विजयपुर नगरपालिकाको नगरसभा नहुँदा अन्योल सृजना भएको छ । रौतहटका अधिकांश स्थानीय तहमा प्रशासकीय अधिकृत सरुवाले गर्दा अस्तव्यस्तता मात्र आएको छैन, संघीय मामिला मन्त्रीको नियतमाथि नै प्रश्न उठ्न थालेको छ

ऐडी नगरपालिकामा हाजिर भएको एक हप्ता नपुग्दै विजय कार्कीलाई वैशाख १८ गते हाजिर गराइयो । लगत्तै कार्कीको सरुवा गरी वैशाख २८ गते मनोज रजकलाई पठाइयो । मनोज रजक हाजिर हुन खोजिरहेकै बेला ५ दिनपछि उनको पनि सरुवा भई एक जना नायब सुब्बा राजदेव रामलाई प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ ।

यस विषयलाई लिएर नगर उपप्रमुखसहित दुई तिहाईभन्दा बढी कार्यपालिका सदस्यले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको राजिनामा माग गरेका हुन् ।

कटहरीयामा अस्थिरता हटाउन प्रधानमन्त्री गुहार्नु पर्यो

देवाही गोनाहीझै कटहरीया नगरपालिकामा पनि प्रशासकीय अधिकृत सरुवाले अस्तव्यस्तता आयो । छिटो छिटो हाकिम सरुवाले हैरान बनेको यो नगरपालिका पछिल्लो समय हाकिम विहीन बनेर नगरसभा गर्न सकेन भने आर्थिक वर्षको अन्तिम मसान्तम अनेक समस्या भोगिरहेको अवस्थामा मन्त्रालय गुहार्न पुगेका कटहरीयाका जनप्रतिनिधिहरुलाई मन्त्री त्रिपाठीले नै वेवास्ता गरे ।

मन्त्री त्रिपाठीले कुनै मतलव नदिएपछी मेयर सियाराम कुश्वाहासहित कार्यपालिका सदस्यहरुले प्रधानमन्त्रीलाई गुहारे । प्रधानमन्त्री कार्यालयबाट पहल भएपछि मात्र प्रमुख प्रशासकीय अधिकृतको रुपमा मनोजकुमार रजकलाई पठाइएको छ ।

ऐनको धज्जी उडाउदै मन्त्रालय, कतै हाकिम विहीन, कतै प्राविधिकलाई जिम्मा

रौतहटमा अधिकांश स्थानमा ऐनविपरीत हाकिम नियुक्त गरिएको छ । ऐनले उपसचिवलाई हाकिम बनाउनुपर्ने ठाउँमा काम चलाउ शाखा अधिकृतलाई नियुक्त गर्ने गरिएको छ ।

बौधीमाई नगरपालिका र कटहरीया नगरपालिका त अधिकृत विहीन भएको महिना बित्न लाग्यो । राजदेवी नगरपालिकाका हाकिम सन्जय पाण्डे, राजपुर नगरपालिकाका वैजु ठाकुर, इशनाथ नगरपालिकाका नन्दकिशोर गुप्ता, गरुडा नगरपालिकाका मुस्ताक आलम ऐन विपरीत प्राविधिक समुहबाट हाकिम बनेका हुन् । देवाही गोनाही नगरपालिकाका हाकिम राजदेव राम त नायब सुब्बा हुन् ।

विभिन्न बहानामा आर्थिक चलखेल गर्न मन्त्री र मन्त्रालयकै सेटिङमा कर्मचारी सरुवा हुँदा कामकारबाही प्रभावित बन्दै आएको छ । प्रदेश सांसद कुन्दन कुश्वाहाले यस्ता गतिविधिले संघीय प्रणालीको अपमान भएको र मुलुकमा यथास्थितिवादीहरुले गतिविधि बढाएको आरोप लगाए ।

स्वतन्त्र तहको रुपमा संविधानले स्थानीय तहलाई मान्यता दिएको र त्यसलाई कार्यान्वयन गर्नुको सट्टा त्यसमा हस्तक्षेप गरिनु संवैधानिक मान्यता विपरीत भएको बताउदै सांसद कुशवाहाले यस्ता गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

(Visited 708 times, 1 visits today)
Loading comments...

आजको समाचार

सकारात्मक मोडतर्फ एमाले

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता...

साताका लोकप्रिय समाचार

गुरुङ फेरि मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले १६८ (३)अनुरूप संसद्मा ठूलो दलको हैसियतले एमाले संसदीय...

कैलालीमा यस्ता समस्या, पिसिआर रिपोर्ट नै सात दिन कुर्नुपर्छ

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ की २५ वर्षीया एक महिलामा वैशाख १७ गते कोरोनाको लक्षण देखाप¥यो । उनी टीकापुरमा एक सरकारी कार्यालयमा काम गर्छिन्...

धनकुटामा एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि कोरोना

धनकुटा । धनकुटामा शुक्रबार एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन थपिएका मध्ये यो नै हालसम्मको धेरै संख्या हो । जिल्ला...

के भयो चपली हाइटमा ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री...

च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा

जुरिच । यो सिजनको यूईएफए च्याम्पियन्स लिगको फाइनल पुनः पोर्चुगलमा हुने भएको छ । गत सिजनको फाइनल फोर अर्थात् सेमिफाइनलदेखिको खेल पोर्चुगलमै भएको थियो...

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको यसरी गरिँदै छ मृगौला प्रत्यारोपण

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा. पवनराज चालिसे, डा...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद नथपिने

काठमाडौं । भूकम्पपछिको निजी आवास तथा सम्पदा पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद नथप्ने पक्षमा सरकार पुगेको छ । पाँच वर्षका लागि गठन...

गण्डकी प्रदेश ढकाल प्यानलको पक्षमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलको पक्षमा देखिएको छ...

खोप अभियानमा उत्साहजनक सहभागिता

काठमाडौं । बुधबार देशभर कोरोना भाइरस संक्रमणविरुद्ध ९ हजार ८४ जनाले खोप लगाएका छन् । खोप अभियानको पहिलो दिन उत्साहजनक सहभागिता भएको स्वास्थ्य तथा...

अयोध्यामा राम मन्दिर बनेको खुसीयालीमा जानकी मन्दिरमा भजन किर्तन

जनकपुरधाम । भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको भूमि पूजन भइरहेको बेला जनकपुरधामको प्रसिद्ध मन्दिर जानकी मन्दिरमा विशेष भजन किर्तन गरिएको छ । भजन...

इलाममा सवारी कारवाहीबाट ५० लाखरुपैयाँ राजस्व संकलन

इलाम । इलाममा सवारी नियम मिच्ने साधनलाई कारवाही ४९ लाख ९९ हजार संकलन भएको छ । ट्रफिक प्रहरी कार्यलयले एक आर्थिक वर्षभरि सवारी नियम...

जलविद्युत् आयोजनामा भीषण पहिरो, मानव बस्तीसमेत जोखिममा

सिन्धुपाल्चोक । नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७।५...

आन्तरिक उडानमा उत्साह–अन्तर्राष्ट्रिय उडान बढेन

काठमाडाैं । कोभिड–१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे...

आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम...

त्रिशुलीमा ट्रक खस्दा तीन जना घाइते

मुग्लिन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको...

एसईई परीक्षा विद्यालयकै जिम्मा दिँदा उचित

कोरोना संक्रमणका कारण अन्योलमा रहेको एसईई परीक्षा परिणाम सार्वजनिक भएपछि युवा विद्यार्थीहरूमा रहेको द्विविधा हट्न गएको छ । यसले एक त नेपालको शैक्षिक प्रणालीमाथि...

आज दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन, नौ ठाउँबाट जुलुस निकालिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । रत्नपार्कमा हुने सभामा काठमाडौंको माइतीघर, डिल्लीबजार,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)