Saturday, July 11, 2020
Home Exclusive मिलेमतोमा भ्रष्टाचार, लेखापालविरुद्ध मात्र मुद्दा

मिलेमतोमा भ्रष्टाचार, लेखापालविरुद्ध मात्र मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरले राजस्वबाट उठेको रकम आफ्नो खातामा राखेको पाइएपछि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । कार्यालय प्रमुखसहितको मिलेमतोमा करोडौं रुपैयाँ भ्रष्टाचार भए पनि अख्तियारले भने लेखापालविरुद्ध मात्रै मुद्दा चलाएको छ ।

अख्तियारको अनुसन्धानमा मालपोत कार्यालयका लेखापाल ठाकुरले मालपोत कार्यालयमा उठेको राजस्व रकम कार्यालय प्रमुख मदनप्रसाद गुप्तासहितको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको खुलेको हो । ठाकुरसँग तत्कालीन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ताको मिलेमतो रहेको पाइएको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

राजस्वको रकम ठाकुर र गुप्ता दुवैको संयुक्त खातामा जम्मा गरी भ्रष्टाचार गर्ने गरेको पाइएको हो । २०६८ सालमा कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सहलेखापालको पदमा नियुक्ति भएका उनले ९ वर्षमा ३ करोड १५ लाख ७५ हजार आर्जन गरेका छन् । यो सम्पत्तिमध्ये ३ करोड ४ लाख गैरकानुनी रूपमा आर्जन गरेको आयोगको अभियोगपत्रमा उल्लेख छ ।

३० वैशाख २०७६ मा लेखापाल ठाकुरले श्रीमती शोभा कुमारीको नाममा दर्ता कायम रहने गरी बारा जिल्ला बधवन गाउँपालिका ५ स्थित कि.नं. ६८ क्षे.फ. ०—७—१० बिघा जग्गा ३ लाख रुपैयाँमा खरिद गरेको पाइएको छ । साथै लेखापाल ठाकुर र कार्यालय प्रमुख गुप्ताको संयुक्त नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा सञ्चालित खातामा अख्तियारले २ करोड ७६ लाख ४४ हजार १ रुपैयाँ मौज्दात रकमसमेत फेला पारेको छ । सरकारी खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत खातामा देखिएको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारले लेखापाल युगलकिशोर ठाकुर र कार्यालय प्रमुखमा नामको विभिन्न बैंक खातामा ११ लाख ३९ हजार १५ रुपैयाँ मौज्दात देखिएको छ । साथै अख्तियारले ११ चैत २०७५ मा लेखापाललाई नियन्त्रण लिँदा उनको कोठाबाट २४ लाख ९२ हजार रुपैयाँ बरामद गरेको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले नियन्त्रणमा लिएर जाँच गरेको अवधिमा लगानी तथा बैंक मौज्दातमा ३ करोड १५ लाख ७५ हजार १६ रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको जनाएको छ ।

युगलकिशोर ठाकुरले सार्वजनिक सेवाको पदमा प्रवेशदेखि २०७६ वैशाख मसान्तसम्मको जाँच अवधिमा ३ करोड १५ लाख ७५ हजार १६ रुपैयाँबराबरको सम्पत्ति सिर्जनामा खर्च लगानी गरेको देखिएको अख्तियारले अभियोग पत्रमा उल्लेख छ । उनको आयभन्दा बढी गरिएको खर्च लगानीको स्रोत खुल्न नआएकाले ३ करोड ४ लाख ९४ हजार ३ सय ८ रुपैयाँ गैरकानुनी देखिएको अभियोगमा सोहीबराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । साथै उनको साथबाट बरामद भएको स्रोत नखुलेको २४ लाख ९२ हजार जफत माग गरिएको छ । कार्यालय प्रमुख र लेखापालको संयुक्त नाममा राष्ट्रिय वाणिज्य बैंक सिमरामा सञ्चालित खाता नं. १२३०००१९१८१० मा देखिएको मौज्दात २ करोड ७६ लाख ४४ हजार १ रुपैयाँ जफत गर्न माग गर्दै मुद्दा दर्ता भएको छ ।

(Visited 125 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)