Sunday, July 12, 2020
Home Breaking News ‘केपी ओली पाराले दुःख पाए साराले’

‘केपी ओली पाराले दुःख पाए साराले’

जनकपुरधाम । केपी ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता संशोधन विधेयक खारेजीको माग गर्दै जनता समाजवादी पार्टी नेपालले जनकपुरधाम सहित प्रदेश २ का विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

नेकपा नेतृत्वको सरकारको महिला विरोधी विभेदपूर्ण विधेयक विरुद्ध प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाको नेतृत्वमा स्थानीय जनकचोकबाट विरोध -याली निकालिएको थियो ।

जनकचोकबाट पार्टीका नेता कार्यकर्ताहरुको सहभागितामा बाजागाजासहित निकालिएको विरोध -याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनकचोकमा गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेता अरगरियाले नेकपाको यस निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाए । उनले राज्य व्यवस्था समितिबाट विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने गरिएकोे निर्णयप्रति असन्तुष्टि जनाए । समितिको यो निर्णयमा नेकपाका सांसदहरुको समेत संविधान विपरितको गतिविधि भएको दावी गर्दै उनीले यसबाट अनेक शंका उब्जाएको उल्लेख गरेका थिए ।

नागरिकता विधेयक मधेशी, मुस्लिम, थारु र जनजाति समुदायको जनभावना विपरित आएको र सो विधेयक संविधानको मर्म विपरित समेत भएकोले विधेयकको विभेदकारी प्रावधानहरु खारेजी हुनुपर्ने नेताहरुले माग गरेका थिए । विरोधसभामा सहभागीहरुले विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा दे’, ‘केपी ओली तेरो पाराले दुःख पायो साराले’, ‘महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर’, केपी ओली मुर्दावाद’, ‘रोटीबेटीको सम्बन्ध बिगार्न पाइदैन’, ‘विभेदकारी नागरिकता खारेज गर’, ‘मधेशीमाथिको अत्याचार बन्द गर’ लगायतका नारा लगाएका थिए ।

विरोध प्रदर्शनमा प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्यहरु रामअशिष यादव, परमेश्वर साह,पार्टीका नेताहरु शेषनारायण यादव, रामजी राय, नेतृहरु विभा ठाकुर, विन्दु ठाकुर, सुन्तली थापा, पुनम झा मैथिलीलगायत ठूलो संख्यामा स्थानीयवासीहरुको पनि सहभागिता रहेको थियो ।

यसैगरी महोत्तरीको जलेश्वर, सर्लाहीको मलंगवा, रौतहटको गौर, बाराको कलैया, पर्साका बीरगञ्ज, सिरहाका सिरहा नगरपालिका, लहान, सप्तरीका राजविराजमा प्रदर्शन गरिएको छ ।

(Visited 77 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । कोरोना संक्रमणबा६ नेपालमा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ र सिन्धुपाल्चोकमा थप...

भर्खरै

गायक हिमाल सागर पनि अब नायक

काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल...

गणेशको ‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय महोत्सवमा छनोट

काठमाडौं । पत्रकार गणेश पाण्डेको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ । आगामी अगस्ट २७ देखि २९ सम्म...

परदेशबाट शिवको सीमा चिन्ता

पोखरा । ‘आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो सिमानामा देशको झन्डा गाड्ने बेला भयो’ कवि तथा गीतकार शिव पलाँसले देशप्रेमको भाव बोकेको ‘आफ्नो जमिन’ बोलको यस...

बदमासमा सोनिका र दीपेन्द्रको रोमान्स

काठमाडौं । लकडाउन खुकुलो भएसँगै दैनिकजसो म्युजिक भिडियो रिलिज कार्यक्रम काठमाडौंमा आयोजना गर्न थालिएको छ । यसैक्रममा गायक चिरञ्जीवी भण्डारीले आफ्नो नयाँ गीत ‘बदमास...’...

धेरै पढिएका

गायक हिमाल सागर पनि अब नायक

काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल...

गणेशको ‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय महोत्सवमा छनोट

काठमाडौं । पत्रकार गणेश पाण्डेको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ । आगामी अगस्ट २७ देखि २९ सम्म...

परदेशबाट शिवको सीमा चिन्ता

पोखरा । ‘आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो सिमानामा देशको झन्डा गाड्ने बेला भयो’ कवि तथा गीतकार शिव पलाँसले देशप्रेमको भाव बोकेको ‘आफ्नो जमिन’ बोलको यस...

बदमासमा सोनिका र दीपेन्द्रको रोमान्स

काठमाडौं । लकडाउन खुकुलो भएसँगै दैनिकजसो म्युजिक भिडियो रिलिज कार्यक्रम काठमाडौंमा आयोजना गर्न थालिएको छ । यसैक्रममा गायक चिरञ्जीवी भण्डारीले आफ्नो नयाँ गीत ‘बदमास...’...

ई-पेपर

(Visited 39 times, 1 visits today)