काठमाडौं । आफैंले दिएको अभिव्यक्ति आफ्नै लागि घाँडो होला भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले सोचेका भए पक्कै भन्ने थिएनन् ‘नेपालको भुमी फिर्ता ल्याउन खोजेको कारण मलाई भारतले हटाउन खोज्यो ।’
०७२ सालमा आएको विनासकारी भूकम्पपछि भारतले नाकाबन्दी लगाउदा तत्कालिन प्रधानमन्त्री ओलीले भारतसामु नझुक्ने जुन अडान लिए । त्यहि अडानले उनलाई राष्ट्रवादी नेताको रुपमा स्थापित गरायो । नाकाबन्दीको समयमा लिएको अडानकै कारण महाकाली सन्धीको क्रममा गरिएका कतिपय नाजायज सम्झौता पनि माफ गरे नेकपा कार्यकर्ताले (महाकाली सन्धी हुँदा ओली नेतृत्व समुहले राष्ट्रघाती सम्झौता गरेको आरोप नेकपा नेता कार्यकर्ताले नै गर्दै आएका छन् )
आफुलाई सर्वज्ञानी व्यक्तिका रुपमा प्रस्तुत गर्दै आएका प्रधानमन्त्री ओलीले पार्टी भित्र आफ्नो आलोचना गर्नेहरुलाई त्यहि ‘राष्ट्रवादी कार्ड’ प्रयोग गरेर ठेगान लगाउन खोजे यसपाली पनि । मलाई भारतले हटाउन खोज्यो भन्नुको आशय थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाललगायतले भारतको इशारामा ‘मेरो राजीनामा मागे’ भन्न खोज्नु । प्रधानमन्त्री ओलीका उक्त अभिव्यक्तिमा स्वयं नेकपा कार्यकर्ता नै सहमत हुन सकेनन् र सामाजिक सञ्जालमा लेख्न थाले ‘हामीलाई विदेशीले हटाउदा हट्ने प्रधानमन्त्री चाहिएन ।’
आफुलाई सर्वज्ञानी व्यक्तिका रुपमा प्रस्तुत गर्दै आएका प्रधानमन्त्री ओलीले पार्टी भित्र आफ्नो आलोचना गर्नेहरुलाई त्यहि ‘राष्ट्रवादी कार्ड’ प्रयोग गरेर ठेगान लगाउन खोजे यसपाली पनि
सरकारको काम कार्वाहीप्रति जनगुनासो बढिरहेको बेला अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माधब कुमार नेपाललगायतले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने अभिव्यक्ति दिन थालेका छन् । केही समय अघि एक व्यक्ति एकपद भन्दै आएका नेताहरुले अहिले दुबै पद छोड्न दवाव दिएपछि प्रधानमन्त्री ओली नैतिक संकटमा फसेका छन् ।
अहिले नेकपाको स्थायी कमिटि बैठक चलिरहेको छ । बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा नै महत्वको विषय बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको बैठकमा पार्टीका पाँचजना नेताहरुले बोलेपछि बैठक स्थगित भएको थियो भने भोली फेरि बस्ने छ ।
पार्टीको विधान अनुसार सचिवालय र स्थायी कमिटी बैठक राख्नु पर्ने भएपनि प्रधानमन्त्री ओलीले पटक–पटक टार्दै आएका थिए । जसरि पनि बैठक राख्नै पर्ने दवाव परेपछि बैठक राखेका थिए । त्यहि बैठकमा ‘राजीनामा’ नेकपा नेताका लागि महत्वको विषय बनेपछि प्रधानमन्त्री ओलीले सत्ता टिकाउनकै लागी आफु निकटका मन्त्रीहरु भेटदै सरकारलाई सहयोग गर्नु प-यो भन्न थालेका छन् ।






