रोल्पा । रोल्पाको गङगादेव गाउँपालिकाको क्वारेन्टाइनमा एक जनाले झुन्डिएर आत्महत्या गरेका छन् । गाउँ कार्यपालिका सदस्य लक्ष्मी बुढाले दिएको जानकारी अनुसार गंगादेव गाउँपालिका वडा नम्बर-५ को क्वारेन्टाइनमा दुबईबाट आएका ऐभान नेपालीले झुन्डिएर आत्माहत्या गरेका हुन् ।
वैदेशिक रोजगारी गरी दुबईबाट फर्किएका वडा नम्बर-५ गैरागाउँ निवासी ३४ बर्षीय नेपालीले क्वारेन्टाइनमा बसेको १३ औँ दिनमा आत्मा हत्या गरेका हुन् । घटनास्थलमा इप्रका घर्तीगाउँ रोल्पाका इन्सपेक्टर सुधीर खड्काको नेतृत्वमा प्रहरी टोली आइरहेको गंगादेव इप्रका सइ लाल बहादुर बुढाले बताएका छन् ।
प्रहरी टोली आएपछि नेपालीको PCR जाँचको लागि स्वाब सङकलन गरेर पठाइने गंगादेव स्वास्थ्य शाखा प्रमुख त्रिभुवन घर्तीले जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)






