Thursday, August 5, 2021
HomeBreaking Newsदातृ निकायको सहयोग ५ अर्बले घट्यो

दातृ निकायको सहयोग ५ अर्बले घट्यो

,
sharethis

काठमाडौं । विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले नेपालमा बजेट बाहिर रहेर ४० अर्ब ४१ करोड ५२ लाख ५६ हजार रुपैयाँ खर्च गर्ने भएका छन् । यो गत आर्थिक वर्षको बजेटभन्दा ५ अर्ब रुपैयाँले कम हो ।

गत वर्ष दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओे) ले बजेट बाहिरबाट ४५ अर्बको लगानी रहेका थिए । दातृ निकाय र आइएनजिओेले उक्त रकम २ सय ४४ परियोजनामा खर्च गर्न लागेका हुन् ।

यस्तै, आइएनजिओेले दातृ निकायको प्राविधिक सहायताभन्दा २ अर्ब ८२ करोड ६७ लाख २६ हजार रुपैयाँ बढी खर्च गर्नेछ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा दातृ निकायले प्राविधिक सहायताअन्तर्गत र आइएनजिओेले नेपालमा गर्ने खर्च घटेको देखिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘विकास सहायता प्रतिवेदन, २०२०’ अनुसार दातृ राष्ट्र तथा तिनका निकायले बजेटभित्र तथा बाहिरसमेत रहेर आफ्ना कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । दातृ निकायले प्राविधिक सहयोग र आइएनजिओेले अन्य खर्चको नाममा उक्त रकम नेपालको विकास परियोजनामा खर्च गर्न लागेका हुन् । यस्तो रकमलाई बजेटमा समावेश गरिएको हुँदैन तर नेपालमा खर्च गरिएको हुन्छ ।

गत वर्ष दातृ निकायले ५ सय ३० वटा परियोजनामार्फत सो रकम खर्च गरेकोमा यस वर्ष भने परियोजना पनि घटेको छ । विश्वभर देखिएको कोभिड–१९ को महामारीसँगै दातृ निकायले विभिन्न देशमा गर्दै आएको आफ्नो लगानी समेत घटाएका छन् ।

अर्थ मन्त्रालयको सार्वजनिक गरेको ‘प्राविधिक सहयोग तथा अन्य सहयोग विवरण, आव २०२०÷२०२१’ (आर्थिक वर्ष २०७७÷७८) मा दातृ निकायले प्राविधिक सहयोगअन्तर्गत १ सय २४ परियोजनामा १८ अर्ब ७९ करोड ४२ लाख ६५ हजार रुपैयाँ लगानी गर्ने उल्लेख छ । अर्थ मन्त्रालयका अनुसार आउँदो वर्ष आइएनजिओेले १ सय २० परियोजनामा २१ अर्ब ६२ करोड ९ लाख ९१ हजार रुपैयाँ नेपालमा खर्च गर्ने भएका छन् ।

सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाको परियोजना सञ्चालनमा छन्, जसमा ६९ परियोजनामा ४७ आइएनजिओेले काम गरिरहेका छन् । बेलायतका ४३ परियोजना, २४ आइएनजिओेबाट, जर्मनीका १४ परियोजना, १३ आइएनजिओेमार्फत र स्विट्जरल्यान्डका १४ परियोजना ११ आइएनजिओेमार्फत सञ्चालन भइरहेकामा ५० भन्दा बढी परियोजनाले नेपालबाट हात झिकिसकेका छन् ।

लगानी बोर्ड कार्यालयका लागि बेलायतले तीव्र लगानी पूर्वाधार विकास कार्यक्रमका लागि ३ अर्ब ४२ करोड ५४ लाख रुपैयाँको परियोजना सञ्चालनमा छ । सो परियोजनाको अवधि सन् २०२१ सम्म रहनेछ । त्यस्तै, वन तथा वातावरण मन्त्रालयअन्तर्गत फिनल्यान्ड, विश्व बैंक, विश्व वातावरण सहुलियत, इसिमोड, संयुक्त राष्ट्रसंघीय विकास कोष, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले परियोजना सञ्चालन गरिरहेका छन् । यी दातृ निकायले जलवायु परिवर्तन, जलवायु अनुकूलन, हरितगृह ग्यास मूल्यांकनका लागि निकाय गठन र क्षमता अभिवृद्धि गर्नेलगायतका ११ वटा परियोजना कार्यक्रम सञ्चालन गरेका छन् ।

आगामी आर्थिक वर्ष दातृ निकायले राष्ट्रिय योजना आयोगमा १, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ६, राष्ट्रिय मानवअधिकार आयोगमा २, अर्थ मन्त्रालयमा ९, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ५, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ७, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा १ र वन तथा वातावरण मन्त्रालयमा ९ वटा परियोजनाका लागि प्राविधिक सहायता उपलब्ध गर्नेछन् ।

(Visited 123 times, 1 visits today)

आजको समाचार

बँदेललाई पासाे थापेकाे करेन्ट लागेर दाजुभाइको मृत्यु

बैतडी । जङ्गली बँदेलका लागि पासाे थापेकाे ठाउँमा करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

साताका लोकप्रिय समाचार

‘सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन बाध्य नबनाऊ’

काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थालाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा,...

वीर अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी...

खर्कमै पुगेर गाउँपालिकाले गर्याे गाई बस्तुको उपचार

हुम्ला । हुम्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउपालिकाको पहलमा खर्कमा रहेका गाई गोठमा पुगेर गाई बस्तुलाई उपचार गरिएको छ । हुम्लामा बर्षाको समयमा खर्क...

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

वासिङटन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

ट्रेन्डिङ

सातामा ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले...

कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

काठमाडाैं ।  कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)