बारामा चट्याङ लागेर चार जनाकाे मृत्यु ,पाँच जना घाइते

सांकेतिक तस्वीर

बारा ।  बारामा चट्याङ लागेर ४ जना मृत्यू भएको छ भने ५ घाइते भएका छन् । बिहिबार बिहान जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १२ सितलपुर र फेटा गाँउपालिका वडा नम्बर १ मा  ४ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

उपचारका क्रममा घाइते अस्पतालमा

मृत्यु हुनेमा सितलपुर खेतमा रोपाई गरीरहेकी ३५ बर्षिय आसादेवी महतो, ४५ बर्षिय हलिमा खातुन रहेकी छिन भने फेटामा घरमै चटाङ लाग्दा एकै घरका ३० बर्षिया ईन्दु देवी महतो, ४० बर्षिया सुनारपति देवी महतोको घटान स्थलमा नै मृत्यू भएको प्रवक्ता मिश्रले बताए ।

चट्याङ लागेर फेटामा ५ जना घाईते भएका छन् । घाईतेहरुलाई नारायणी अस्पताल लगिएको र मृतकहरुलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा ल्याउने तयारी भईरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

उपचारका क्रममा घाइते अस्पतालमा
तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित