सर्लाहीमा चट्याङ लागेर १ को मृत्यु, २ जना घाइते

सर्लाही । सर्लाहीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान १० बजे बाग्मती नगरपालिालिका वडा नं. १० बस्ने १८ वर्षीय छोटु पासवानको चछ्याङ्ग लागि मृत्यु भएको थियो भने सोहि ठाउँ बस्ने हिरा मुखियाको श्रीमती कमला देबि मुखिया घाईते भएकी छन् ।

वडा नं.८ बस्ने सुनमाया बस्नेतको धान रोप्दै गर्दा अचानक चट्याङ लागि पासवान र मुखिया गम्भिर घाइते भएका थिए । घाइते दुबै जना ब्यहोस भई उपचारको लागि बरहथवा तर्फ ल्याउँदै गर्दा पासवानको मृत्यु भएको छ भने मुखिया होसमा आई घर फर्केको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यस्तै सर्लाहीको बलरा नगरपालिकामा पनि आज बिहान चछ्याङ्ग लागेर एक जना घाइते भएको छ वडा नं. १ बस्ने ३५ वर्षीय बरुण सहनीलाई बर्षात सँगै परेको चट्याङ लागि घाइते भई उपचारको लागि भारतको सितामढी तर्फ लगिएको छ । चट्याङ लागि सहनीको जिउ सुनिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हाम्रो पार्टीको उद्देश्य नै भ्रष्टाचारमुक्त समाज : किशोर देशार