बारा । प्रसौनी गाउँपालिकाको जेसिविमा अज्ञात व्यक्तिले आगो लगाएको छ । बुधवार राती करिव १ बजेको समयमा आगो लागेको वडा नम्वर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा बताउँछन् । राती बगरी नदीमै रहेको जेसिविमा आगोले जलिरेहेको बेला गाउँलेले जानकारी गराएपछि प्रहरीलाई आफुले खबर गरेको वडाध्यक्ष बताउँछन् ।
गाउँले र वारुण यन्त्रको सहयोगमा जेसीवीमा लागेको आगो नियन्त्रण गर्न सफल भएको उनले बताए । आगो निभाउँदा निभाउँदै जेसिवि पुर्ण रुपमा जलिसकेको थियो ।
वर्षायाममा गाउँमा बगरी नदिको पानी पस्ने भएकोले पुर्व तयारी गर्न आफुले नदीको बाँध बाधनको लागि जेसिवि ल्याएर काम गराइरहेको वडाध्यक्ष कुशवाहा बताउँछन् । बँगरी नदिको पानीको सतहले पुरा गाउँ नै डुबानमा पर्ने गरेको छ ।

गाउँको बिचोबिच गएको नदी वर्षायाममा गाउबाट ओहरदोर गर्न धेरै कठिनाई हुने गरेको उमेश कुशवाहा बताउँछन् । वर्षातको समयमा जनजिवन पुर्ण रुपमा ठप्प नै हुने गरेको छ । वडाबाट सदरमुकाम कलैया करिव दुई किलो मिटरको दुरीमा रहेता पनि वर्षातको समयमा पुल जनजिवन प्रभावित हुने गरेको छ ।
दुई हजार भन्दा बढि जनसंख्या रहेको वडावासीको विकासको लागि रातदिन खटेर काम गरिरहेको उनी बताउँछन् । यस्तो प्रवृत्तिले काम गर्न हौसला पनि कम हुदै जाने उनले बताए । विकास सवैको त्यसैले सवको साथ सवको विकास सवले चाहना राख्न अनुरोध समेत गरेका छन् । स्थानिय तहको चुनाव जितेदेखि पराजित साथीहरु कुनै नकुनै माध्यमले विकास अवरोध गरिरहेको आरोप लगाए । विकासमा अवारोध गरे पनि जनताको साथ र सहयोगले आफु निरन्तर विकास गरिहेको बताउँछन् ।
प्रहरी पुग्नासाथ जेसिवि पुर्ण रुपले जलेर ध्वस्त भईसकेको प्रहरी नायव उपरिक्षक गौतम मिश्र बताउँछन् । यसरी सवैको विकासको लागि काम गरिहेको जेसिविमा आगो लगाउनु सकुचित मनसायको व्यक्ति रहेको हुन सक्ने अनुमान लगाउन सकिने प्रहरी नायव उपरिक्षक बताउँछन् । अपराधी जोसुकै भएपनि खोजविन कार्य तिव्र रुपमा भइरहेको छ । वडाध्यक्षसँग समन्वय गरेर अपराध गर्ने व्यक्तिको खोजविन भइरहेको मिश्रले जानकारी गराएका छन् ।






