काठमाडाैं । नेपाली फिल्म चिनी कम रंग कडा अमेजन प्राइम भिडियो मार्फत रिलिज भएको छ । याे फिल्म हाल अमेरिका र बेलायतमा हेर्न मिल्ने छ । नेपालमा भने केहि समयपछि प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ । फिल्मको गीत र टिजर सार्वजनिक भइसकेका छन् । फिल्ममा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको अभिनय छ ।
फिल्मलाई विवेक घिमिरे निर्देशन गरेका हुन् भने गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको छ । फिल्ममा मानव सुवेदीको संगीत छ भने सुशील सुबेदीको शब्द रहेको छ । त्यस्तै याचोपो रचलिक र लुका मौचेरीको छायांकन , कृष्ण भण्डारीको सम्पादन रहेको छ ।
विश्वभरि फैलिरहेको कोरोना महामारीका कारण फिल्म हल बन्द भएपछि दर्शकलाइ नयाँ फिल्म हेर्नका लागि डिजिटल सिस्टम नै सजिलाे हुने निर्देशक घिमिरेकाे भनाइ छ । अहिले फिल्मकर्मीले फिल्म डिजिटल प्रविधि अपनाइरहेका छन् ।





