काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुष्पराज कुमालको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको आज शनिबार विहान ५ बजे मृत्यु भएको हो ।
उनी १७ असारमा कतारबाट नेपाल आएका थिए । हिजो शुक्रबार मात्र कोरोना पुष्टि भएका उनको आज विहान मृत्यु भएको हो ।
कोरोना पुष्टि भएपछि उनलाई हिजो शुक्रबार राति ९ बजे मात्र स्थानीय क्वारेन्टाइनबाट जिल्ला अस्पताल गोरखा पु¥याइएको थियो । त्यहीँ उनको मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)






