गाउँको सडक पिच भएपछि स्थानीय हर्षित

रौतहट । कोरोना भाइरस संक्रमणको देश गुज्रिरहदा अन्य स्थानीय तहले भौतिक पुर्वाधारको विकास गर्न नसकिरहेको अबस्थामा चन्द्रपुर नगरपालिकाले भौतिक पुर्वाधारको विकास निमार्णलाइ पनि तिब्रता दिएको छ । देशमा लकडाउन भएको अवस्थामा पनि गाउको सडक पिच हुँदा चन्द्रपुर नगरपालिका वाड नं. १ पौराईका बासिन्दाहरु हर्षित भएका छन् ।

मध्य तराइकै एक प्रमुख धार्मिक पर्यटकीयस्थल मानिने पौराई ब्रम्हस्थान जाने सडक कालोपत्रे हुँदा स्थानीयबासी हर्षित भएका हुन् । चन्द्रपुर नगरपालिका र स्थानियको लागत सहभागितासहित कुल २४ लाख रुपैयाँको लागतमा कालोपत्रे सडक निर्माण भएको स्थानिय श्रीराम न्यौपानेले जानकारी दिए ।

गाउँमा पहिलो पटक पिच सडक बनेको उनको भनाइ छ । लकडाउनको समयमा पनि गाउँको सडक कालोपत्रे हुदा स्थानीय हर्षित भएको न्यौपानेले बताए । आउदा बर्षहरुमा पौराइको अपुरो सडकहरु पनि कालोपत्रे हुनुपर्ने उनको माग छ ।

२४ लाख लागतमा ३ सय २५ मिटर लामो सडक कालोपत्रे गरेको कालोपत्रे निमार्ण समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए । सडक निर्माणमा ७० प्रतिशत नगरपालिका र ३० प्रतिशत जनसहभागितासहितको साझेदारी रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । सडक निर्माण गर्दा गुणस्तरमा कुनै सम्झौता नगरिने र कम रकमले पनि धेरै काम गरेको अध्यक्ष न्यौपानेले बताए ।

चन्द्रपुर नगरपालिकाले सडक निमार्ण, विभिन्न सामुदायिक भवन निमार्ण, विद्यालय भवन निमार्ण, नाला निमार्ण लगायतका भौतिक पुर्वाधारहरुका कामहरुलाइ पनि उच्च उत्तिकै महत्व दिएर काम गरिरहेको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सिग्देलले जानकारी दिएका छन । कोरोनाको महामारीको बिच पनि विकास निमार्णको कार्यलाइ उत्तिकै चासो दिएर काम गरेको उनको दाबी छ । जनप्रतिनिधिहरुको सहयोग र साथले विकास निमार्ण कार्य पनि गत बर्ष जतिकै भएको प्रमुख प्रशासकिय अधिकृत सिग्देलले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित