विपदमा विपन्नलाई राहत

रौतहट । विश्व अहिले करोना भाइरसले आक्रान्त भइरहेको अवस्थामा रौतहटमा एक संस्थाले विपदमा परेका बिपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । भाइरसलाई थप फैलन नदिनका लागि सरकारले लकडाउनको घोषणा गरी पटक पटक सो लकडाउन लम्बाइरहेको अबस्थामा विपन्न परिवारको अबस्था दयनिय बन्दै गएपछि रौतहटमा छाँया नेपाल नामक गैरसरकारी संस्थाले त्यस परोहा नगरपालिका भित्रका सबै अपांगता, एकल महिला, बिपन्न, दलित, भएका व्यक्तिहरुलाइ राहत बितरण गरेको हो ।

विपदमा परेका विपन्न परिवारहरुको चुल्हो बल्नै गाह्रो परेका अति विपन्न परिवार छनौट गरी जम्मा १६० जान परिवारलाई खाद्यान्न उपलब्ध गराएको छाया नेपालका कार्यकारी निर्देशक कमल थापाले जानकारी दिए । एक परिवार बराबर २५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, एक थान झुल र एउटा डिटोल साबुन प्रदान गरिएको थापाले बताए ।

साथै स्वास्थ्य चौकी बसन्तपट्टी १२ PPE, 40 KN9 माक्स,थर्ममिटर र जिल्ला अस्पताल गौरमा ४० थान PPE, kn9 माक्स, थर्ममिटर आदी स्वास्थ्य समाग्री वितरण गरेको छायाँ नेपालका प्रतिनिधि राजेश साहले जानकारी दिएका छन् । राहत वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रबिन्द्र साह, प्रदेश २ का सदस्य शैलेन्द्र झा लगायतकाहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज