अमेरिकी रक्षा प्रणाली भारतलाई बिक्री गर्ने विषयमा पाकिस्तानद्वारा चिन्ता व्यक्त

इस्लामाबाद । अमेरिकाले भारतलाई प्रतिरक्षा प्रणालीको बिक्रीलाई अनुमोदन गरेकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । पाकिस्तानले अमेरिकी यस निर्णयबाट अस्थिर क्षेत्रमा हतियारको होड उत्पन्न गर्ने बताएको छ । संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले यसै हप्ता एकीकृत वायु रक्षाप्रणाली भारतलाई एक अर्ब ८६ करोड ७० लाख अमेरिकी डलरमा बिक्री गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । “भारतलाई एकीकृत वायु रक्षा प्रणालीअन्तर्गत वैदेशिक हतियार बिक्री’bout अमेरिकी विदेश मन्त्रालयले अनुमोदन गराएको सूचना पाकिस्तानले पाएको छ,” पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

“यतिबेला भारतलाई यस प्रकारको अत्याधुनिक हतियार प्रणाली बिक्री गर्ने कुराले अस्थिर अवस्थामा रहेको यस क्षेत्रलाई झन् बढी अस्थिर बनाउने छ,” पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता अइसा फारूकीले भन्नुभयो ।” फारुकीले पत्रकारसँगको नियमित साप्ताहिक सम्मेलनमा अमेरिकाको निर्णयले ‘दक्षिण एशियाको रणनीतिक सन्तुलनलाई पाकिस्तान र यस क्षेत्रका लागि गम्भीर सुरक्षाको असरमा खलल पार्ने’ उहाँले बताउनुभयो । फारुकीले भन्नुभयो, “दक्षिण एशियाले हतियारको दौड र द्वन्द्व सहन सक्दैन, यसैले यस क्षेत्रको अस्थिरता रोक्न अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी रहन्छ ।

यस हप्ताको शुरूमा अमेरिकाको सुरक्षा सहयोग एजेन्सीले एउटा सूचना जारी गरी दुई देशहरूबीचको सहयोगलाई सुदृढ पार्न र भारतीय वायु रक्षा संरचनाको विद्यमान सङ्गठनलाई आधुनिकीकरण गर्न भारतसँगको सम्झौतालाई राज्य विभागले अनुमोदन गरेको बतायो ।

साभार : रासस

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा