बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका निसीखोलाका एक युवकको मृत्यु भएको छ ।निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मिलन मल्ले जानकारी दिए ।
विक भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका बस्दै आएका थिए । उनको आज बिहान मृत्यु भएको डा.मल्लको भनाई छ ।
लामो समयदेखि भारतमा बस्दै आएका विक मृगौला सम्बन्धि रोगबाट ग्रसित थिए । उनको पिसिआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने छ । नेपाल आर्मीले उनको शव व्यवस्थापन गर्ने बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)






