तनहुँ । जिल्लास्थित व्यास नगरपालिकाका-६ वर्षीय एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी, शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको हो । यसैगरी जिल्ला भर संक्रमितहरुको संख्या १ सय ३७ पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।
तनहुँका ३४ जना कोरोना संक्रमितहरु पुर्णरुपमा निको भएर घर फर्किएका छन् भने संक्रमित बिरामीहरुलाई शुक्लागण्डकी नगरपालिकास्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वार उपचार केन्द्रको आइसोलेसन कक्षमा राखिएको थियोे भने उनीहरुको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको प्रजिअ अधिकारीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)






