Tuesday, August 11, 2020
Home अन्तराष्ट्रिय विश्वभर संक्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च : डब्लुएचओ

विश्वभर संक्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च : डब्लुएचओ

जेनेभा । विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो ।

यो अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घण्टामा सङ्क्रमित दुई लाख १२ हजार ३२६ व्यक्ति मध्ये झण्डै आधा सङ्क्रमित भेटिएका थिए । उक्त अवधिमा ब्राजिलमा ५३ हजार २१३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १०५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो ।

आइतबारसम्ममा विश्वभर एक करोड १३ लाख ८६ हजारभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । समाचार तयार पार्दासम्म यो भाइरस सङ्क्रमित पाँच लाख ३३ हजार ६१९ जनाको ज्यान गुमेको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ ।

सङ्क्रमणका कारण सबैभन्दा बढी अमेरिकामा एक लाख ३२ हजार ३१८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३६५ जनाको मृत्यु भएको छ । अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ३५ हजार ७७० र १५ लाख ७८ हजार ३७६ व्यक्ति सङ्क्रमित रहेका छन् ।

रूसमा सङ्क्रमित सङ्ख्या छ लाख ७४ हजार ५१५ रहेको छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम रहेको छ अर्थात् कोभिड–१९ का कारण रूसमा दश हजार २७ व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै भारतमा छ लाख ७३ हजार ९०४ सङ्क्रमित र १९ हजार २७९ मृत्यु, पेरूमा दुई लाख ९९ हजार ८० सङ्क्रमित र १० हजार ४१२ मृत्यु, स्पेनमा दुई लाख ९७ हजार ६२५ सङ्क्रमित र २८ हजार ३८५ मृत्यु, चिलीमा दुई लाख ९१ हजार ८४७ सङ्क्रमित र छ हजार १९२ मृत्यु भएको छ । बेलायतमा सङ्क्रमितको सङ्ख्या दुई लाख ८४ हजार ९०० रहेको छ भने ४४ हजार १९८ जनाको मृत्यु भएको छ ।

यसबाहेक बढी सङ्क्रमित र मृत्यु भएका मुलुकहरूमा मेक्सिको, इटली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन रहेका छन् ।

(Visited 33 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

भारतमा दुई हप्ताका लागि लकडाउन अवधि थप्ने तयारी : केजरीवाल

नयादिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमण भारत विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) को अवधि...

दैलेखमा चट्याङ लागेर एकजना घाइते

दैलेख । शुक्रबार बिहान ११ बजे चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्ला सदरमुकाम नारायण नगरपालिका –१...

बोक्सीको आरोपमा बुहारीमाथि बञ्चरो प्रहार

रुपन्देही । कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले...

बाँकेमा थप ७ जनामा कोरोना संक्रमण

नेपालगञ्ज । बाँकेमा थप ७ जनामा कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि उनीहरुलाई सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा निर्माण गरिएको कोरोना विशेष...

ई-पेपर

(Visited 46 times, 1 visits today)