तमोर नदीले बगायो मोटरसाइकल

सांकेतिक तस्विर

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका–१ देउरालीमा तमोर नदीले मोटरसाइकल बगाएको छ । सहिदभूमी–१ गोपालपुरबाट सहिदभूमि–२ पिलियाटारतर्फ जाँदै गरेको को.३८ प.८०७९ नम्बरको मोटरसाइकल दुर्घटना भएर तमोर नदीमा खसेको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक थामबहादुर राई सामान्य घाइते भएका छन् । बर्षाका कारण देउरालीस्थित सडकमा पहिरो खसेको थियो । पहिरोले सडकको अधिकांश भाग पुरेको छ । पहिरो खसेको ठाउँबाट पार गर्ने क्रममा २२० सीसीको पल्सर मोटरसाइकल लडेर तमोर नदीमा खसेर बेपत्ता भएको हो । तमोरमा खसेको मोटरसाइकल हालसम्म पनि फेला परेको छैन ।

मोटरसाइकल पल्टिएर करिव १ सय मिटर तल तमोर नदीमा पुगेको भएपनि चालक राई भने झाडीमा अल्झिएर जोगिएको स्थानीय डीगबहादुर राईले जानकारी दिए । ‘मोटरसाइकल पल्टिएर नदीमा खस्दा बेपत्ता भएको छ ।’ उनले भने, ‘मान्छे चै झाडीमा अल्झिएकाले धन्न जोगिए ।’

यसैबीच देउरालीमा पहिरोका कारण अवरुद्ध रहेको सडक चाडै खुलाइने सहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले बताएका छन् । उनले भने, ‘सडकको अवस्था हेर्नका लागि गाउँपालिकाका उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यसहितको टोली देउराली गएको छ । अब चाडै पहिरो पन्छाएर सडक खुलाउने व्यवस्था मिलाउँछौ ।’

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज