Saturday, February 22, 2020
Home Exclusive रोकिएन चालकले मदिरा खाने प्रवृत्ति : असुरक्षित बन्दै पैदल यात्री

रोकिएन चालकले मदिरा खाने प्रवृत्ति : असुरक्षित बन्दै पैदल यात्री


काठमाडौं । व्यस्त बन्दै गएको राजधानी काठमाडौंमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको छ । चालकले ट्राफिक नियमको पालना नगर्नु, मदिरा सेवन गरेर सवारी चलाउनु, लापर्बाही किसिमले चलाउनु र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्नुलगायतका कारणले पैदल यात्रु दुर्घटनाको चपेटामा पर्ने क्रम बढेको हो ।


पैदल यात्रु दुर्घटनामा घाइते भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सवारी क्षतिपूर्ति दिलाइ पाऊँ भन्दै निवेदन दिनेको संख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा क्षतिपूर्ति लिन आउनेको संख्या २५ प्रतिशत रहेकामा २०७६/७७ को माघ महिनासम्ममा नै त्यस्तो उजुरी गर्नेको संख्या २५ भन्दा बढी पुगेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ मा सवारी साधनले गराएको क्षतिपूर्ति प्रमुख जिल्ला अधिकारीले पीडकबाट भराइदिनुपर्ने कानुनी व्यवस्था छ ।


जिल्ला प्रशासन कार्यालय काठमाडांैका प्रवक्ता जीवनप्रसाद आचार्यले अघिल्लो वर्षको तुलनामा यस वर्ष क्षतिपूर्ति उपलब्ध गराइपाऊँ भनी निवेदन दिनेको संख्या अत्यधिक बढेको बताए । प्रवक्ता आचार्यले भने, ‘मदिरा सेवन र तीव्र गतिमा चलाउनु नै दुर्घटनाको कारण हो ।’ समग्रमा हेर्दा ट्राफिक नियमको पालन नगर्नु नै सवारी दुर्घटनाको मुख्य कारण देखिन्छ,’ प्रवक्ता आचार्यले भने । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार ६० प्रतिशत दुर्घटनामा सवारीसाधनले पैदल यात्रीलाई ठक्कर दिने गरेको छ ।


जिल्ला प्रशासन कार्यालयअनुसार दुर्घटनाको क्षतिपूर्ति तिर्न प्रतिवादी उपस्थित नहुने, उपस्थित हुनेले पनि तिर्न नमान्ने गरेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ मा घाउ खर्च, किरिया खर्च र क्षतिपूर्ति जिल्ला प्रशासन कार्यालयले पीडक पक्षलाई भराइदिने व्यवस्था गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ दफा (१) मा सवारी दुर्घटनाबाट कुनै पक्षलाई कुनै पनि किसिमको हानि नोक्सानी पुग्न गएमा पीडित पक्षलाई प्रमुख जिल्ला अधिकारीले घाउ खर्च र क्षतिपूर्तिको रकम चालक, सवारी धनी वा व्यवस्थापकबाट भराइदिनुपर्ने व्यवस्था छ ।


घटना १


गत पुस ९ गते बिहान लिलेन्द्र राईले चलाएको पल्सर मोटरसाइकल पछाडि बस्ने हिल्लारी राई घाइते भइन् । स्रोतका अनुसार उनीहरू राति नाइट क्लबमा मदिरा सेवन गरी बिहान घर फर्किने क्रममा दक्षिण ढोकानेर दुर्घटनामा परे । दुर्घटना हुँदा मोटरसाइकल चालक राईले घाइते अवस्थामा रहेकी हिल्लारी राईलाई त्यही नै छोडी हिँडेको आरोप हिलारीको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाहेरवाला घाइतेकी आमाले प्रतिवादी मोटरसाइकल चालकबाट उपचार खर्चबापत ९ लाख ४२ हजार ३२ रुपैयाँ माग दाबी गरेकी छन् ।


घटना २


गत २१ असोजको राति ८ बजे नेत्रविक्रम श्रेष्ठले चलाएको ट्याक्सीले सुरेश नेपालीले चलाएको मोटरसाइकललाई ठक्कर दिएको दियो । मोटरसाइकल पछाडि बसेका दीपक नेपालीको मृत्यु र सुरेश नेपाली घाइते भए । त्यसमा ट्याक्सी चालक नेत्रविक्रम श्रेष्ठले अध्यधिक तीव्र गतिमा चलाएको पाइएको थियो । अहिले मृतकका आफन्तले क्षतिपूर्तिबापत ५ लाख र उपचार खर्च ९ लाख ५ हजार ७२ रुपैयाँ मागदाबी गरेका छन् ।


घटना ३


गत ८ मंसिरको बिहान ६ बजेर १५ मिनेट जाँदा नयाँ बानेश्वरमा पैदल बाटो काट्दै गर्दा एक गाडीले डा. प्रभुप्रसाद जोशीलाई ठक्कर दियो । तर, चालकले गाडी लिई फरार भए । घटनास्थल नजिकै पूर्वतर्फ जडान भएको सीसीटीफीले पनि स्पष्ट कभर गर्न सकेन । तर, पर्यटन बस भन्ने थाहा भयो । तीनकुने, कोटेश्वर, भक्तपुरको सूर्य विनायकलगायतको सीसीटीटीले पनि कभर गरेन । तर, भक्तपुरको सूर्य विनायकस्थित महानगरीय प्रहरी कार्यालयको सीसीटीभी फुटेजबाट यकिन भएको हुनाले प्रहरीले पहिल्याउँदै जाँदा रामेछापको चारधर्रे भन्ने ठाउँबाट बा३ख ६१४ नम्बरको टुरिस्ट लेखिएको बसका चालक बुद्धिकुमार कोजुलाई फेला पारिएको थियो । बसमा प्रमाण लुकाउन अगाडिको भागमा पुटिङ
गरिएको थियो ।

Loading comments...

HAMRO PATRO

प्रमुख

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका...

सेना दिवसको अवसरमा सैनिक मञ्चमा विशेष कार्यक्रम

ललितपुर । नेपाली सेनाले शुक्रबार देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ। सेनाले देशभर नै विविध कार्यक्रम...

उत्पादन र रोजगारीलाई समृद्धीसँग जोड्न पर्छ : मन्त्री पोखरेल

संखुवासभा । शिक्षालाई श्रम सिपलाई उत्पादन र रोजगारी सँग, उत्पादन र रोजगारीलाई समृद्धी सँग जोड्नु पर्ने शिक्षा, विज्ञान तथा...

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

काठमाडौं । भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक...

भर्खरै

मानवअधिकार हननका घटनामा वृद्धि

धनगढी । सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा मानवअधिकार हननका घटनामा वृद्धि भएको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय...

बामरोल लुब्रिकेन्ट बजारमा

काठमाडौं । भारत सरकारको स्वामित्वमा रहेको १ सय ५३ वर्ष पुरानो कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ ।...

माथिल्लो दोर्दी ‘ए’ अन्तिम चरणमा

लमजुङ । लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माणको अन्तिम चरणमा पुगेको छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित माथिल्लो दोर्दी...

मेलम्चीको पानी पाँच महिनाभित्र काठमाडौंमा

काठमाडौं । आगामी असारसम्ममा मेलम्आगामी असारसम्ममा मेलम्चीको पानी काठमाडौंमा आउने दाबी सरकारले गरेको छ । पटकपटक मिति सार्दै लगिएपछि जनताले विश्वास गर्न...

धेरै पढिएका

मानवअधिकार हननका घटनामा वृद्धि

धनगढी । सुदूरपश्चिम प्रदेशमा गत वर्षको तुलनामा मानवअधिकार हननका घटनामा वृद्धि भएको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय...

बामरोल लुब्रिकेन्ट बजारमा

काठमाडौं । भारत सरकारको स्वामित्वमा रहेको १ सय ५३ वर्ष पुरानो कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ ।...

माथिल्लो दोर्दी ‘ए’ अन्तिम चरणमा

लमजुङ । लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माणको अन्तिम चरणमा पुगेको छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित माथिल्लो दोर्दी...

मेलम्चीको पानी पाँच महिनाभित्र काठमाडौंमा

काठमाडौं । आगामी असारसम्ममा मेलम्आगामी असारसम्ममा मेलम्चीको पानी काठमाडौंमा आउने दाबी सरकारले गरेको छ । पटकपटक मिति सार्दै लगिएपछि जनताले विश्वास गर्न...

ई-पेपर