काठमाडौँ । देशभर गत २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २०४ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै सङ्क्रमितको सङ्ख्या १६ हजार १६८ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म ७ हजार ४९९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)






