समुदायमा कोरोना देखिएपछि टोल शिक्षा प्रभावित

बागलुङ । कोरोना संक्रमण रोकथामको लागि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) घोषण गरे पछि शैक्षिक संस्था बन्द छन् । लाखौं विद्यार्थी पठन पाठनबाट बञ्चित भएका छन् । औपचारिक कक्षा संचालन हुन सकेको छैन । इन्टरनेट पहुँच भएको क्षेत्रमा अनलाइन कक्षा संचालन भएपछि इन्टरनेटको सुलभता नभएको अधिकांस क्षेत्रमा पठान पाठन हुन सकेको छैन । यद्यपी विद्यार्थीलाई पठन पाठनमा जोड्न बागलुङका स्थानीय तहले वैकल्पिक उपायको खोजी गरेका थिए ।

बागलुङको काठेखोला गाउँपालिकाले बन्दबन्दीको अवस्थामा विद्यार्थीलाई शैक्षिक क्रियाकलपसँग जोड्न टोल शिक्षा अभियान संचालन गरेको थियो । टोल शिक्षा कार्यक्रम अन्तर्गत शिक्षक टोलमै पुगेर विद्यार्थीलाई पठन पाठनमा सहयोग गर्ने, गृहकार्य दिने जस्ता क्रियाकलप गरेका थिए ।

बन्दाबन्दी भएको दुई महिना पछि शिक्षण क्रियाकलपमा जोडिएका विद्यार्थी केही समयमै फेरि घर भित्र बस्न बाध्य भए । काठेखोला गाउँपालिका–५ बिहुँ अमर मावि क्वारेन्टिनमा रहेकालाई खाना खुवाउने, सहयोगी तथा सुरक्षाकर्मीलाई कोरोनो पुष्टि भएपछि टोल शिक्षा पुनः प्रभावित बन्यो ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिए पछि गाउँपालिकाले असार १५ गते राती १२ बजेदेखि लागु हुने गरी असार २० गतेसम्म गाउँपालिका शिल गर्ने निर्णय गरेसँग स्थिगित भएको टोल शिक्षा संचालन हुन नसकेको शिक्षा अधिकृत रमा उचै ठकुरीले जानकारी दिइन् । असार २० गते राती १२ बजेट पछि गाउँपालिका शिल खुले पनि तत्काललाई टोल शिक्षा संचालन गर्न कठिन भएको छ । कोरोना समुदाय स्तरमा देखिएपछि शिक्षकहरुलाई फोन मार्फनै सहजिकरण गर्न आग्रह गरेको शिक्षा अधिकृत उचैले बताइन् । ‘आफुनो टोलमा भएका विद्यार्थीलाई टोलमै रहेका शिक्षकले सहजिकरण गर्न भनेका छौँ’, उनले भने–विषयगत शिक्षक टाढा भएमा फोन मार्फत सहजिकरणको लागि सबैलाई निर्देशन जारी भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

डिफेन्डिङ च्याम्पियन एनआरटी फाइनलमा