Saturday, July 24, 2021
Homeप्रदेशप्रदेश ४पोखरामा मास्क नलगाई हिँड्ने २१ जना पक्राउ

पोखरामा मास्क नलगाई हिँड्ने २१ जना पक्राउ

,

पोखरा । पोखरामा बिनामास्क हिँड्ने २१ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले कास्कीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका सबै जनालाई १ सय रुपैयाँ जरिवाना गरी बुधबार नै छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार कोरोना भाइरस (कोभिड–१९) को थप जोखिम बढ्दैपछि सरकारले समेत बिनामास्क बाहिर हिडडुल नगर्न अनुरोध गरिएकोमा सोको अटेर गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको थियो ।

वडा प्रहरी कार्यालय बैदाम, रामबजार र बगर इकाइले पोखरामा बुधबार मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई सम्झाई बुझाई गर्दा अटेर गरेपछि पक्राउ गरी कारबाहीका लागि प्रशासन कार्यालय पठाएको थियो । उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जनही १ सय रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरी प्रवक्ता हमालले बताए ।

कास्की प्रहरीले समेत नागरिकलाई अनिवार्य रुपमा मास्क प्रयोग र न्यूनतम सामाजिक दूरी कायम गर्न आग्रह गर्नुका साथै अनावश्यक जमघट नगर्न सचेत गराएको छ ।

गृह मन्त्रालयले २ दिनअघि सूचना जारी गर्दै कोभिड–१९ संक्रमण जोखिम बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्ने, घरबाहिर हिड्दा अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने तथा पूर्ण रुपमा लकडाउनको पालना गर्न आग्रह गरेको थियो ।

सोको बर्खिलाप गरेमा सरकारले संक्रामक रोग ऐन,२०२० अनुसार १ महिनासम्म कैद वा १ सय रुपैयाँ तथा दुवै सजायको व्यवस्था गरेको छ ।
पोखरामा बुधबारमात्रै १३ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा कुल संक्रमित संख्या १ हजार १ सय २९ छ । नेपालभर १६ हजार बढी कोरोना भाइरस संक्रमित छन् ।

Loading comments...

आजको समाचार

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

प्रशासनिक भवन निर्माण गर्दै स्थानीय तह

बागलुङ । बागलुङका अधिकांश स्थानीय तहले आफ्नो प्रशासनिक भवन निर्माण गर्न थालेका छन् । चार बर्षसम्म भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएका स्थानीय तहले...

साताका लोकप्रिय समाचार

टिभी हेर्ने क्रममा करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन

लमजुङ । टिभी हेर्ने क्रममा विजुलीको करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन भएको छ । राइनास नगरपालिका– ७ सालफेदी गाउँमा बस्ने राकेश पाण्डेकी ७...

१० बुँदे प्रस्ताव कार्यान्वयनमा एमाले नेताहरू सहमत

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान गर्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने प्रतिबद्धता नेताहरूले व्यक्त गरेका छन् । पार्टीलाई एकताबद्ध बनाउनका...

सञ्चारकर्मी प्रज्वल र वन्दनाको ‘मायाको परिभाषा’

काठमाडौं । संचारकर्मी प्रज्वल शाक्य र बन्दना खड्काले ‘मायाको परिभाषा’ गरेका छन् । उनीहरुले गीतमार्फत् मायाको परिभाषा गरेका हुन् । गीत शुक्रबार साँझ युट्युबमार्फत्...

‘तत्काल निर्वाचन समिति गठन गरियोस्’

काठमाडौं । नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले नेपाल स्काउटको केन्द्रदेखि स्थानीय तहसम्म तत्काल निर्वाचन गराएर समिति गठन गर्नुपर्ने माग गरेको छ । यसका लागि...

जसपा विवादको छिनोफानो यसैसाता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवादको छिनोफानोका लागि इजलासमा सुनुवाइ सुरु गरेको छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको...

ट्रेन्डिङ

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर (चालक)को मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?