Monday, August 3, 2020
Home Editor-Picks क्वारेन्टिनमा यौन दुव्यवहारका ६२४ घटना

क्वारेन्टिनमा यौन दुव्यवहारका ६२४ घटना

अन्तर्राष्ट्रिय समुदायको विश्लेषण

काठमाडौं । नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् । उनीहरूले केरोना संकटका समयमा महिला तथा किशोरीविरुद्ध भएका हिंसाका घटनाको तथ्यांक देखाउँदै क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको बताएका हुन् ।

किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएको पाइएको भनिएको छ

सोबारे काठमाडौंस्थित अस्ट्रेलियाली दूतावास, बेलायती वैदेशिक सहायता नियोग (डिएफआइडी), युरोपेली युनियनको प्रतिनिधिमण्डल, फिनल्यान्ड दूतावास, फ्रेन्च दूतावास, जर्मन दूतावास, जापानी दूतावास, वैदेशिक सहायताका लागि जापानी नियोग (जाइका), नर्वेली दूतावास, स्विस दूतावास, नेपालस्थित संयुक्त राष्ट्रसंघ र वैदेशिक सहायताका लागि अमेरिकी नियोग (युएसएआइडी) संयुक्त वक्तव्य जारी गर्दै नेपालको क्वारेन्टिनको अवस्थाबारे संयुक्त धारणा सार्वजनिक गरेका हुन् ।

संयुक्त वक्तव्यमा नेपालमा २८ फागुन २०७६ देखि २४ जेठ २०७७ का बीचमा महिला तथा किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएको पाइएको भनिएको छ । ती अन्तर्राष्ट्रिय समुदायद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘महिलाहरू परिवार तथा समुदायमा फर्कनुअघि सुरक्षित महसुस गरी समय बिताउनुपर्ने क्वारेन्टिनमा नै यौन दुव्र्यव्यवहार भएको घटनाबारे चिन्ताजनक बयानहरू बाहिर आएका छन् ।’

उनीहरूले त्यस्ता प्रकृतिका हिंसाका प्रत्येक घटनाका आरोपलाई गम्भीरतापूवर्क लिई सम्बोधन गर्न र यौन शोषण र दुव्र्यवहारप्रति शून्य सहनशीलता कायम गर्न समेत संयुक्त वक्तव्यमा भनेका छन् ।

यस्तै, पीडितहरूले उजुरी गर्ने र आवश्यक सेवाहरू तुरुन्त प्राप्त गर्ने सुरक्षित तथा गोप्य माध्यममा पहुँचका साथै न्याय तथा कानुनी उपचार प्राप्त गरेको सुनिश्चित गर्न समेत उनीहरूले वक्तव्यमार्फत भनेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘बालबालिका पीडित भएको अवस्थामा अवलम्बन गरिने उपायले बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै उपयुक्त भएसम्म परिवार र हेरचाहकर्तालाई संलग्न गराउनुपर्छ ।’

उनीहरूले कोभिड–१९ प्रतिकार्यमा संलग्न पक्षले क्वारेन्टिनमा बसेका सबै व्यक्ति, महिला तथा किशोरी, युवायुवती, अल्पसंख्यक र सीमान्तकृत समूहहरू त्यहाँ रहँदा सहायता दिने तथा उपचारमा संलग्न व्यक्तिहरू बाटै असुरक्षित भएको भनेका छन । क्वारेन्टिनमा सहायता प्राप्त गर्ने क्रममा हुने भेदभाव, यौन शोषण तथा दुव्र्यवहारबाट सुरक्षित रहन पाउने अधिकारको सम्मान गरिनुपर्ने अन्तर्राष्ट्रिय समुदायको विश्लेषण छ ।

(Visited 164 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

गलत ठाउँमा ढाेका राखिएकाले मेलम्ची खानेपानीमा दुर्घटना

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न...

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

तेजाब आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन...

भर्खरै

जलकन्यादेवी मन्दिरमा पूजा गर्न गएकी महिला तुइन चुडिएर बेपत्ता

लमजुङ । लमजुङमा तुइन चुडिएर एक महिला नदीमा बेपत्ता भएकी छन् । एक युवक घाइते भएको प्रहरीले जनाएको छ । तुइन चुडिएर बेपत्ता हुनेमा लमजुङ...

प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै धनुषामा आज (सोमबार) ३०...

देखिएन रक्षाबन्धनको रौनक

सप्तरी, राजविराज । प्रत्येक दिदीबहिनीमा रक्षाबन्धन पर्वको पर्खाई र उत्साह बेग्लै हुन्छ । तर यस पल्ट कोरोनाको त्रास र निषेधाज्ञाका कारण वर्ष दिनको पर्व...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

धेरै पढिएका

ई-पेपर

(Visited 44 times, 1 visits today)