आर्थिक अपराध हेर्ने छुट्टै निकाय चाहिन्छ: अर्थमन्त्री

काठमाडौँ, ५ असारः आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत अर्थमन्त्री डा स्वर्णिम वाग्ले सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णि वाग्लेले आर्थिक अपराध हेर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तै छुट्टै निकाय आवश्यक रहेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले छुट्टै निकायको आवश्यकता औँल्याएका हुन्।

‘अहिले हामी आर्थिक अपराधसम्बन्धी छुट्टै अनुसन्धान गर्नको लागि अख्तियारजस्तै निकाय इकोनोमी क्राइम अथोरोटीजस्तो बनाउन सकिन्छ कि भनेर छलफलमा जाओस् भन्ने पनि हाम्रो चाहाना छ,’ उनले भने, ‘तर अहिले हामी ग्रे लिस्टमा भएको कारण अर्जेन्सीका साथ काम गर्नुपर्ने भएको हुनाले विधेयकहरूलाई अझै सशक्त बनाउँदै लैजानुपर्नेछ।’

उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर विगतमा राजनीतिक प्रतिशोधको कुसंस्कार बसाइएको जिकिर गरे। विगतमा विभागमा उजुरी थुपारेर राजनीतिक प्रतिशोधका आधारमा मन नपरेको मान्छेलाई दुःख दिने काम गरिएको आरोप लगाए ।

उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हाल अर्थ मन्त्रालय मातहत रहेको उल्लेख गर्दै यसलाई थप सुधार गर्नुपर्नेमा जोड दिए।
‘पहिला यो विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको थियो र व्यापक रुपमा उजुरी संकलन गरेर पोलिटिकल ह¥यासमेन्टको कुसंस्कार बसाइएको थियो,’ वाग्लेले भने, ‘अहिले अर्थ मन्त्रालयअन्तर्गत रहेको छ। त्यसलाई हामी सुधार्दै छौँ।’

उनले अख्तियारलाई समेत सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता र अभियोजन गर्ने अधिकार रहेको उल्लेख गरे। ‘यद्यपि अख्तियारले समेत सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन मिल्छ। हामीसँग सम्पत्ति शुद्धीकरणका मुद्दा चलाउनसक्ने १३ वटा निकाय छन्। उनीहरुले टेक्ने ऐनहरू ५० भन्दा बढी छन्,’ उनले भने।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसमा चुलिँदो तनावबीच तीन नेताहरु एक ठाउँमा