सगरमाथा सफा गर्ने जिम्मा नेपाली सेनाले पायाे

सोलुखुम्बु । सोलुखुम्बुमा अवस्थित विश्वको सर्बोच्च शिखर सगरमाथा सफा गर्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

सगरमाथासहित ६ वटा हिमाल एकै पटक सरसफाई गर्ने जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको हो । बन तथा बातावरण मन्त्रालयका अनुसार अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल सफा गर्नका लागि सेनालाई जिम्मेवारी दिइएको छ  ।

जसको लागि करिब आठ करोड ५९ लाख ९३ हजार रुपैयाँ बजेट ब्यवस्थापन गरेको विभागका प्रबक्ता ईन्दु प्रसाद विक्रम जोशीले जानकारी दिए । नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन मुख्य हिमाल सफा गर्न लागेको उनको भनाइ छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुुसार पहिलो चरण अन्तर्गत फागुन ३ गते जनशक्तिको प्रारम्भिक छनोट, फागुन ८ गते समूह संयोजकको छनोट र फागुन २२ गते सहयोगी सङ्घसंस्था तय गरिनेछ । दोस्रो चरण अन्तर्गत भने हिमाल सरसफाइ गर्न छनोट गरिएको जनशक्तिलाई चार हप्ताको विशेष तालिम दिइने बताइएको छ ।

तेस्रो चरणमा चैत २० गते हिमाल सरसफाइका लागि ६ वटै टोली आफ्नो गन्तव्यतर्फ लाग्ने सेनाका प्रवक्ता पाण्डेले जानकारी दिए । सगरमाथा प्रदुषण नियन्त्रण समिति एसपीसिसिका उपाअध्यक्ष लामाकाजी शेर्पाका अनुसार क्याम्प २ भन्दा माथी सेनाले सफाई गर्ने छ भने क्याम्प २ भन्दा तलको भाग एसपीसिसिले सफा गर्ने छ । उपाअध्यक्ष शेर्पाका अनुसार क्याम्प २ सम्म एसपीसिसिको कार्यक्षेत्र पर्ने भएकाले सो क्षेत्रमा एसपीसिसिले नै सफा गर्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोलो तर्यो लौरो बिर्सो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९