नेपाल पर्यटन बोर्डद्वारा उत्कृष्ट पाँच तस्बिर घोषित

काठमाडौं । नेपाल पर्यटन बोर्डले आयोजना गरेको झयालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगितामा सहभागी ७ सय भन्दा बढी फोटामध्ये उत्कृष्ट पाँच छनोट गरिएको छ । लकडाउनमा घर बसाइको समयलाई सिर्जनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो ।

उत्कृष्ट पाँचमा छनोट भएका फोटोग्राफर प्रवीण श्रेष्ठ, उमेश स्थापित, सुशील पौडेल, साम्दे शेर्पा र कमल कँडेल रहेका छन् । यस प्रतियोगिताको मुख्य निर्णायकमा फोटो पत्रकार नरेन्द्र श्रेष्ठ थिए । प्रतियोगितामा नेपालको कुनै ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन गतिविधि वा कुनै पनि सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन अनुरोध गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 444 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल