पहाडमा पहिरो, तराईमा बाढी

असार ८ गते तानसेन नगरपालिका-११, सम्मोबारीमा पहिरोले बगाउँदा सडक किनारामा अडकिएको पिकअप जीप र कार ।

काठमाडौं । मनसुनी वर्षा सुरु भएसँगै मुलुकभर बाढीपहिरोका घटना बढिरहेका छन् । तराईका जिल्लामा बाढी र पहाडी तथा उच्च पहाडी जिल्लामा पहिरोका घटना बढेको पाइएको छ । मनसुन सुरु भएको एक महिना नबित्दै पहाडी जिल्लामा पहिरोको कारण धेरैले ज्यान गुमाउनुपरेको छ भने बस्ती नै विस्थापित भइरहेका छन् ।

बिहीबार सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । बाढीका कारण २० भन्दा बढी घर बगाएको छ । कटानका कारण ठाउँठाउँमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । आधा दर्जन जति सवारी साधनमा बाढीले क्षति पु-याएको छ ।

जमिन भिज्यो, पहिरो जान सक्छ
लगातारको वर्षाका कारण केही जिल्लाका जमिन धेरै भिजेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्ता स्थानमा मध्यम वर्षा हुँदा पनि बाढी, डुबान हुने तथा पहिरो जाने जोखिम हुने भएकाले स्थानीयलाई होसियार रहन शाखाले अनुरोध गरेको छ ।

शाखाले जमिन भिजेका कारण पहिरोको जोखिम बढी भएको औंल्याएको छ । शाखाका अनुसार कञ्चनपुर, डोटी, डडेल्धुरा, नवलपरासी, गुल्मी, अर्घाखाँची आसपासका जमिन बढी जोखिममा छ । ‘मध्यम (ठूलो होइन) वर्षा हुँदासमेत सो स्थानमा जमिनले कम पानी सोस्ने र आकस्मिक बहाव हुने सम्भावना रहन्छ,’ भूगर्भविद् डा. रञ्जनकुमार दाहालले भने, ‘भिजेको जमिन आसपास पहिरोको जोखिम रहन्छ ।’

जमिन धेरै भिजेको स्थानमा मध्यम वर्षा हुँदा जमिनले कम पानी सोस्ने र आकस्मिक बहाव हुने सम्भावना रहन्छ । भिजेको जमिन आसपास पहिरोको जोखिम रहन्छ ।

सचेत रहन आह्वान
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षासँगै खोला, खहरे र नदीनालामा बाढी आउने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले बिहीबारदेखि आइतबारसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरिएको भन्दै बाढीको सम्भावना’bout सचेत गराएको हो ।
यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको प्राधिकरणले जनाएको छ । लामो वर्षाले पहाडी भेगको भू–भाग गलिसकेकाले कतिपय ठाउँमा पहिरो जान सक्ने’bout चनाखो रहन पनि प्राधिकरणले आग्रह गरेको छ ।

‘शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोसी, कमला, बाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुन सक्ने पूर्वानुमान गरिएको छ । खासगरी १ र २ नम्बर प्रदेशका चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरूमा ठूलो बाढी आउन सक्ने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन विशेष आग्रह गर्दछौं,’ प्राधिकरणले भनेको छ ।

तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना भएकाले बेलैमा सचेत रहन अनुरोध गरिएको छ । त्यसका अलावा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहन जरुरी देखिएको प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल