किन फर्कन्छन् कन्यामबाटै पर्यटक ?

इलाम । झापाबाट इलाम पस्दा सवैभन्दा पहिला कन्याम आउने भएकाले पनि धेरैलाई जिल्लाको प्रमुख पर्यटकिय गन्तब्य कन्याम नै लाग्नु स्वाभाविक छ । चियावारीको जिल्ला इलाम, कन्याममा पनि ठुलो चियावारी । हेर्दा पनि हरियाली अनी सुन्दरताले कन्याम धेरै पर्यटकहरूको गन्तब्य बनेको छ । कन्याम इलामको सूर्योदय नगरपालिकामा पर्दछ । तर चियावारी कन्याममा मात्र छैन इलामको । इलाम नगरपालिका अर्थात जिल्ला सदरमकाम छेउमा रहेको चिया वगान सुन्दर र अनी मनमोहक छ ।

पर्यटकको रोजाइमा कन्याम पर्नु स्वभाविक पनि छ । झापासँग नजिक रहेकाले पनि यहाँ ३५ डिग्रीभन्दा बढी तापक्रम छल्न पनि १९ डिग्रीतापक्रम छल्न कन्याम आउने गरेका छन् । मानिसले सहजता खोज्नु, विलासिता बस्तुमा वढि मुल्य खर्च गर्नु स्वभाविक जस्तै बनेको छ । त्यसैले पनि झापा, मोरङका जिल्लामा गर्मी बढ्दा इलाम आउने पर्यटकहरूको संख्या वढ्दै गएको छ ।

झापाका नविन निरौला परिवार सहित केही दिन बस्ने गरि इलाम आए । छोराछोरीको छुट्टीको अवसर बनाएर इलाम आएका उनी र उनका परिवार इलाममा केही दिन बसे । तर उनीहरूले कन्याम र फिक्कल मात्र घुमेको बताए । इलाममा पनि चियावारी छ, इलामका अन्य स्थान पनि घुम्ने ठाउँ छन् भन्ने नै उनलाई थाहा छैन । उनले भने “इलाम भन्ने बित्तिकै कन्याम बुझिन्छ, यहाँ आउने बित्तिकै चियाबारी देख्न पाइन्छ,” इलाम भनेकै कन्याम बुझ्ने उनले इलाममा हेर्न लायकको कन्याम मात्र बुझेको बताए ।

३५ देखी ३८ डिग्रीभन्दा बढी तापक्रममा हुँदा दिउँसो सडकमा हिँड्न सक्ने अवस्था नहुने भएपछि उनी इलाममा चिसो खान आएका हुन् । गर्मीले जनजीवन प्रभावित हुने गरेको छ । बढि गर्मी भएपछि मानिस चिसो खान भएपनि नजिकै रहेको इलाम आउने गरेका छन् । झापाका विजय राई वढि गमी भएपछि इलाम आफन्तकामा आएर केही दिन बसे । उनले पनि छोराछोरी लिएर नै इलाम आएका थिए । केही दिन भएपनि शान्तगरि स्वास फेर्न पाएकोमा आफु र श्रीमती मात्र हैन छोरा छोरीलाई पनि आनन्द मिलेको उनी बताउँछन् । “केही दिन भएपनि शितल भयो झापा झरेपछि फेरी उही हुन्छ ।,”

उनले भने । तराईमा गर्मी वढेपछि नजिकै रहेको इलामको कन्याम र फिक्कलसम्म धेरै पर्यटकहरू आउने गरेका छन् । विशेष गरेर शनिबार यहाँ बढि पर्यटक आउने गरेका छन् । बाह्रै महिना पर्यटकहरूको घुइँचो लागे पनि गर्मीको समयमा पर्यटकको संख्या अझ दोब्बर बढी हुने गरेको छ । बाहिरबाट आएकाहरूलले कन्यामलाई पूर्वको स्वर्गको उपमा दिने गरेका छन् । दिउशो कन्याम र रात अन्तुमा बिताउने योजना बनाएर आउने पर्यटकहरूसमेत वढ्दै गएका छन् । सूर्योदय नगरपालिकाको कन्याम–अन्तु पर्यटकहरूको प्रमुख रोजाइ बन्ने गरेको छ ।

कन्याम क्षेत्रमा रहेको घोडा र नेपाली मौलिक पहिरनमा रमाउने पर्यटकहरूको कमी छैनन् । कन्यामको चिया बगानमा फोटो खिच्ने र घोडा चढ्ने काम पर्यटकहरूको प्रमुख आकर्षण हो । विभिन्न जातिय पहिरन लगाएर तस्विर कैद गर्ने पर्यटकहरू प्रसस्तै भेटिन्छन् यहाँ । ग्रामीण परिवेशमा घोडा चढ्नु नौलो नभए पनि सहरी परिवेशका तथा बाह्य पर्यटकहरूका लागि नौलो र आकर्षक काम बनेको छ । बाह्रै महिना पर्यटकको चाप हुने यस क्षेत्रलाई प्रदेश १ सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्न खोजेको छ । प्रदेश सरकारले यसलाई पर्यटकिय नगरी भनेर घोषणा समेत गरेको छ ।

इलाममा कन्याम मात्रै होइन अरु पर्यटकिय क्षेत्रपनि कम छैनन तर बाहिरबाट आएका धेरै पर्यटकहरू इलाम आएर पनि कन्यामबाट नै फिर्ने गरेका छन् । इलाम चियावारी, पानीटार चियावारी र जिल्लाका अन्य स्थानमा रहेका चियावारी पर्यटकहरूका लागि उत्तिकै मनमोहक लाग्ने पर्यटन ब्यवसायीहरू बताउँछन् । इलाममा हेर्न र घुम्न लायकका अन्य वसतु, ठाउँ र स्थानहरू भैपनि कन्याम अनी चियाले मात्र चर्चा पाएको उनीहरूको भनाई छ । विश्व रामसार क्षेत्रमा सुचिकृत माइपोखरी, प्रदेश नम्वर एकको प्रमुख पर्यटकिय गन्तब्य मानिने सन्दकपुर र जिल्ला भित्र रहेका धार्मिक र पर्यटकिय स्थलहरूको समेत उत्तिकै चर्चित छन तर पनि पर्यटकहरूको भिड कन्याम बाटै फर्कने गर्छन ।

तपाइको प्रतिक्रिया
(Visited 700 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरमा गठबन्धनले सार्वजनिक ग-यो चुनावी घोषणापत्र