जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन् । पानी र बाढीले ताण्डब देखाउन शुरु गरेपछि मुख्यमन्त्रीको यस्तो वक्तव्य आएको हो ।
जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सम्पन्न विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । जोखिम न्यूनीकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारी ’bout जानकारी लिदै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् । उनले जोखिम न्युनिकरणको लागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्ति गर्न समेत सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिएका छन् ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुधाम उपमहानगरका प्रमुख लाल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव लगायत प्रदेशका सचिवज्यूहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो ।
विपद व्यवस्थापनका लागि प्रदेश सरकार गत एक एक वर्षमा कुनै काम नगर्न सकेकोमा सरकारको विपक्षीदलहरुले व्यापक आलोचना गरिरहेको छ । प्रदेश २ मा नेपाली कांग्रेसका सांसद सरस्वती चौधरीले प्रदेश सरकार मन्त्रीहरु आफना नातेदार र पार्टी कार्यकर्ता बाहेकको कुनै कार्य नगरेको आरोप लगाएकी छिन । बाढीले ताण्डव देखाउन थालेपछि मात्रै जागेको उनले आरोप लगाइन ।






