मन्त्री साहलाई कालो झण्डा देखाउन पुगेका राजपाका १० कार्यकर्ता पक्राउ

जनकपुरधाम । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालो झण्डा देखाउन पुगेका १० जना राजपाका कार्यकर्तालाई प्रहरीले जनकपुरधामबाट आज पक्राउ गरेको छ । जानकी हेल्थ केयरको कार्यक्रममा पुगेका मन्त्रीलाई कालो झण्डा देखाउने प्रयास गरिरहेको बेला राजपा नेता रोशन मिश्रलगायतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

मन्त्री साहसंग राजपा धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुको हिजो विवाद भएको थियो । झले स्वयम् आफ्नो फेसबुकमा लेखेका छन् ‘हिम्मत भए जनकपुरको कुनै कार्यक्रममा सहभागी भएर देखाउनुस, कालोमोसे दल्छौं । हामी पनि आफ्नो औकात देखाउछौं ।’ यस विषयमा आज पार्टीका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउने र नहटाएसम्म संघर्षको कार्यक्रम गर्ने उनले बताए ।

मन्त्री साहले आफूलाई दुव्यर्हार गरेको नेता झाले आरोप लगाएका छन् । मन्त्री साह पनि राजपाकै नेता हुन् । राजपाका प्रदेश सांसद जानकीशरण साहसँगै नेता झा शुक्रबार दिउँसो मन्त्री साहसँग भेटघाट गर्न मन्त्रालयकै चेम्बरमा पुगेका थिए । मन्त्री र मन्त्रालयको विषयमा अपरादर्शीता, भ्रष्टाचारलगायतको व्यापक जनगुनासो बढेको भनेपछि मन्त्री साहले दुव्यर्हार गरेको नेता झाले आरोप लगाए ।

‘तपाईं आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएर किन बजेट विनियोजन गर्नुहुन्छ ? प्रदेशका सबै जिल्लामा समानूपातिक ढंगले बजेट विनियोजन किन गर्नु हुन्न ? तपाईंको यस्ता कार्यशैलीप्रति प्रदेशका जनता रुष्ट छन्, जनगुनासो बढिरहेको छ, मन्त्रालयमा पारदर्शिता छैन, लगायतका कुरा भनिरहँदा मन्त्री साह एक्कासी आफूमाथि जाइलागेको नेता झाले बताए ।

‘मन्त्री साहले तपाईंको औकात नै के छ र ?’ भनेर आफूलाई अपमानित गरेको नेता झाको भनाइ छ । ‘मैले त उहाँलाई जनगुनासो बढेको छ । जनता असन्तुष्ट छन् भनेर कार्यशैली सुधार गर्न आग्रह गरेको थिएँ । तर उल्टै उहाँ ममाथि नै जाइलागे’ नेता झाले भने । बोल्नसमेत नजान्ने राजपाको तर्फबाट मन्त्री भएर घुर्की देखाउनु खेदजनक रहेको नेता झाको भनाइ छ । घटना पश्चात राजपाका धनुषा जिल्ला नेता कार्यकर्ताले मन्त्री साह जनकपुरधामको कुनै कार्यक्रममा सहभागी भए कालोमोसो गर्ने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९