दोलखामा पहिरोले पसल बगाउँदा करिब २५ लाखको क्षति

दोलखा । दोलखाको जिरी नगरपालिका ५, लिंकन बजारस्थित एक खाद्यान्न पसल पहिरोले बगाउँदा करिब २५ लाखको क्षति भएको छ । अबिरल बर्षाकोकारण शनिबार बिहान करिब ५ बजे ५० मिटर माथिबाट आएको पहिरोले खाद्यान्न पसल भएको लमु तामाङको ढुंगा माटोले बनेको २ तले घर बगाउँदा २५ लाखको क्षति भएको हो ।

गौरीशंकर गाउँपालिका ६, चंखु घर भई जिरीमा पसल गरेका ६० बर्षीय सन्जुमान तामाङको पसल बगाउँदा सो बराबरको क्षति भएको दोलखाका प्रहरी निरिक्षक रेशम बोहोराले जानकारी दिए । मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

मानवीय तथा चौपाया केही पनि क्षति नभएपनि करिब ३ सय बोरा चामल, १० बोरा दाल, ३० कार्टुन तेल लगायतको खाद्यान्न बगाएको प्रहरीले जानकारी दिएको छ । पहिरोले कुखुराको दाना, चियापती, पिना, चाउचाउ, ढुटो, मरमसला लगायत बगाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

epaper

ताजा समाचार

नगरप्रहरीको ज्यादतीमा नगरप्रमुखले कारबही नगर्ने