Sunday, September 27, 2020
Home Not-to-be-missed प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई

प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई

काठमाडौं । प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

होमलालले साविक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै एक लाख २५ हजार रुपैयाँ तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे । दोस्रो भएका कृष्णले उक्त दूरी दुई घण्टा २३ मिनेट ४९ सेकेण्डमा पूरा गरी रु ६५ हजार तथा तेस्रो भएका सेनाका प्यूठ नवराज साउदले दुई घण्टा २९ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरी रु ३५ हजार पुरस्कार प्राप्त गरे । यस्तै सेनाका अमल्दार ज्ञानप्रसाद भट्टराई र जमदार वेद सुनवार चौथो तथा पाँचौ हुँदै क्रमशः रु २५ हजार र रु १५ हजार प्राप्त गरे ।

यसैगरी सेनाका अमलदार मोहनदेव जोशी, सिपाही जुनेश खड्का, सिपाही भूमिराज राई, अमलदार विनोद सिजापति र सिपाही निरजसिंह मडै क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ भए । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार, रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुरस्कार प्राप्त गरे । म्याराथनको पहिलो संस्करणको उपाधि नेपाल पुलिसका भूमिराज राई, दोस्रो संस्करणको उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की तथा तेस्रो र चौथो संस्करणको उपाधि सेनाकै कृष्ण बस्नेतले जितेका थिए ।

यस्तै पुरुष हाफ म्याराथनको उपाधि भारतीय सेनाका तीर्थ पुनले जिते । उनले २१ किलोमिटर दूरी एक घण्टा पाँच मिनेट पाँच सेकेण्डमा पूरा गरे । सेनाका खगेन्द्र भाटले एक घण्टा पाँच मिनेट ५८ सेकेण्डमा सो दूरी पूरा गरी दोस्रो तथा सेनाकै दीपक अधिकारीले एक घण्टा सात मिनेट दुई सेकेण्डमा उक्त दूरी पूरा गर्दै तेस्रो भए ।

महिलातर्फको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट आठ सेकेण्डमा पूरा गरिन् । यस्तै नेपाल पुलिसकी राजपुरा पछाईले उक्त दूरी एक घण्टा १८ मिनेट ३७ सेकेण्ड तथा सेनाकी विश्वरुपा बुढाले एक घण्टा २० मिनेट २२ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए । हाफ म्याराथनमा पुरुष र महिला दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, रु ३५ हजार र रु २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यसैगरी हाफ म्याराथनको ४५ वर्षभन्दा बढी उमेरतर्फ धर्म महर्जनले उपाधि जिते । सो स्पर्धामा भीमबहादुर गुरुङ दोस्रो तथा भीमसेन अवाले तेस्रो भए । उनीहरुले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे । दश किलोमिटर दौड सैनिक सहचारी पुरुषतर्फ भूपेन्द्रसिंह रावत पहिलो, दिनेश घले दोस्रो तथा दुरा इमुरुगन तेस्रो भए ।

यस्तै १० किमी दौड अधिकृत पुरुषतर्फ सहसेनानी नवराज थापा पहिलो, सहसेनानी अजयजङ्ग सुवेदी दोस्रो तथा सेनानी चन्द्रबहादुर थापा तेस्रो भए । दश किमी दौड अधिकृत महिलातर्फ सहसेनानी देवी पुन, सहसेनानी रश्मिला अर्याल र उपसेनानी सीता कुवँर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

पाँच किमी दौड छात्रतर्फ सैनिक आवसीय महाविद्यालयका ईश्वरचन्द्र बस्नेत पहिलो भए । सोही विद्यालयका प्रवीणराज अधिकारी दोस्रो तथा थापसी तिलिङटारका सविन राई तेस्रो भए । छात्रातर्फ विजेश्वरी ज्ञान मन्दिरकी स्वेच्छा बलामी मगर पहिलो, सोही स्कूलकी सुनिता श्रेष्ठ दोस्रो तथा विजेश्वरीकै रचना राना मगर तेस्रो भइन् । उनीहरुले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

(Visited 53 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक...

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको निधन

काठमाडौँ । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच,...

सिन्धुलीमा एकै परिवारका ६ सहित ९ जनामा कोरोना पुष्टि

सिन्धुली । सिन्धुलीमा आइतबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका वडा नं. ६ का एकै परिवारका ६ जनासहित ९...

१९औं अनसनको तेह्रौं दिन : कस्तो छ केसीको अवस्था ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा....

भर्खरै

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक...

निकुञ्ज क्षेत्र सुनसान, व्यवसायीको साढे ३ अर्ब डुब्यो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन गर्ने यो पिक आवर हो । विगतका वर्षमा यो सिजनमा पर्यटकको स्वागतका लागि पर्यटन व्यवसायी निकै तमझामका...

प्रधान सेनापति थापा सेल्फ क्वारेन्टाइनमा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखी सेल्फक्वारेन्टाइनमा बसेका छन् । प्रधानसेनापति निवासमा भान्छामा कार्यरत एकजना सदस्यमा मिति १० असोजमा कोरोना संक्रमण पुष्टि भएपछि...

कृषि अनुदानलाई यसरी प्रभावकारी बनाउन सकिन्छ

मानव शरिरको लागि चाहिने बहुसंख्यक पोषकतत्वहरु कृषि उपजबाट नै प्राप्त हुन्छ । त्यसैले यो मानिसको उत्पत्तिसँगै प्रचलनमा आएको आदिम पेशा हो । नेपालीहरुको प्रमुख...

धेरै पढिएका

क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क दिने

धनकुटा । भेडेटारका होटल व्यावसायी लिलाराज लावतीले क्वारेनटाइनका लागि होटलको कोठा निःशुल्क उपलब्ध गराउने भएका छन् । भेडेटार स्थित होटल लावती कर्नरका...

विगतमा कमजोरी भएका भए सच्याएर अघि बढन सकिन्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणको काम काम थप प्रभवकारी बनाउने विषयमा विभिन्न संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन्...

स्वास्थ्य सामग्री खरिद प्रकरणको आलोचनामा प्राज्ञहरू

विश्वभरका मानवजाति नै कोभिड–१९ को संक्रमणबाट पीडित भइराखेका छन् । नेपालमा पनि यो संक्रमण देखिन थालेपछि सरकारले यसका लागि आवश्यक सुरक्षा सामग्रीको बन्दोबस्त गर्नु...

शिक्षण अस्पतालका चिकित्सकलाई क्वारेन्टाइनमा राख्ने तयारी

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमित बालिकाको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ...

ई-पेपर

(Visited 63 times, 1 visits today)