Tuesday, August 11, 2020
Home प्रदेश प्रदेश ४ गण्डकीमा कोरोना संक्रमितको संख्या करिब १२ सय पुग्यो

गण्डकीमा कोरोना संक्रमितको संख्या करिब १२ सय पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय नजिक पुगेको छ । प्रदेशमा शनिबार १४ नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै पुरुष हुन् । योसँगै कुल संक्रमित संख्या १ हजार १ सय ७६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा २ सय ६७ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय ३९ नमुना परीक्षण भएकोमा ती संक्रमित फेला परेको निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा पोखरा महानगरपालिकाका २ सय जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु वर्ष २५ र ८९ का हुन् ।

यस्तै, क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा तनहुँका ४, बागलुङ र स्याङ्जाका ३–३ र म्याग्दीका २ जनामा कोरोना देखिएको छ । तनहुँको व्यास नगरपालिकाका ३५ वर्षीय पुरुष, बन्दीपुरका १६ र १९ वर्षीय पुरुष, शुक्लागण्डकीका ३३ वर्षीय पुरुषको नमुना परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ ।

बागलुङको बडीगाड गाउँपालिकाका १९ वर्षीय पुरुष, गल्कोटका २५ र ३५ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको छ । स्याङ्जाको चापाकोट, वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका १–१ जना पुरुषमा कोरोना देखिएको हो । चापाकोटका वर्ष २९, वालिङका वर्ष २० र कालीगण्डकीका वर्ष १९ का पुरुष हुन् । उता, म्याग्दीको रघुगंगा र अन्नपूर्णका समान ३० वर्षका पुरुषमा कोरोना देखिएको छ ।

प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित चार जिल्लाहरु तनहुँ, बागलुङ, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुन् । ती जिल्लामा संक्रमित संख्या १ सय ५० नाघेको छ । सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २ सय ६३, बागलुङमा २ सय १५, स्याङ्जामा १ सय ८८ र तनहुँमा १ सय ५० जना कोरोना संक्रमित छन् ।

प्रदेशमा हालसम्म १९ हजार ७ सय ३२ नमुना संकलन भएको छ । संक्रमित १ हजार १ सय ७६ जनामध्ये ६ सय ३३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । १ सय ९८ जनाको नतिजा आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

(Visited 31 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

कोरोनासम्बन्धी पहिलो फिल्म ‘कोरोना जाम्बिज’

लस एन्जलस । संसारमा महामारी बनेर फैलिरहेको केरोना संक्रमणमाथि पहिलो फिल्म निर्माण भएको छ । यो फिल्मको नाम ‘कोरोना जाम्बिज’ राखिएको छ...

घरायसी विवादपछि कान्छी श्रीमतीको हत्या

चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । खैरहनी नगरपालिका–९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४...

जनप्रिय मावि विजयी

मोरङ । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तरकलेज लिगकम नकआउट फुटबल प्रतियोगिताको शनिबारको खेलमा जनप्रिय माध्यमिक विद्यालय विजयी भएको छ । विराट बुद्ध स्पोर्टस् क्लबको...

बागलुङका थप एक जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ । बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ताराखोला गाउँपालिकाका ३९ बर्षिय एकलपुरुषमा संक्रमण पुष्टि भएको हो । पोखराको स्वास्थ्य...

ई-पेपर

(Visited 46 times, 1 visits today)