पीएसजीले प्रशिक्षण थाल्यो

पेरिस । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मार्चयता पहिलोपटक प्रशिक्षण थालेको छ । पीएसजीले च्याम्पियन्स लिगको लागि झन्डै चार महिनापछि शुक्रबारदेखि प्रशिक्षण थालेको हो ।

पहिलो दिनको प्रशिक्षणमा पहिलो रोजाइका नेयमार, केलियन एमबाप्पे, एन्जल डि मारिया, मार्काे भेराट्टी, जुलियन ड्राक्सलर, केलर नाभाससँगै प्रायः सबै खेलाडीको उपस्थिति रहेको थियो । पीएसजीले च्याम्पियन्स लिगको खेलअघिसम्म प्रशिक्षणका साथै केही मैत्रीपूर्ण खेल खेल्ने तालिका बनाएको छ ।

पीएसजीले च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्दै छ । पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई तथा एटलान्टाले स्पेनिस क्लब भ्यालेन्सियालाई पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएको थियो । क्वार्टर फाइनलदेखिका सबै खेलहरू पोर्चुगलको लिस्वनमा मिनी टुर्नामेन्टको रूपमा १२ देखि २३ अगस्टसम्म हुनेछ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीपछि फ्रान्समा मार्चको पहिलो सातापछि खेलकुद गतिविधि ठप्प भएको थियो । त्यसपछि फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपेले फ्रान्समा सेप्टेम्वरसम्म खेलकुदको गतिविधि नगर्न निर्देशन दिएपछि फ्रेन्च लिग वान आयोजक (एलएफपी) ले सिजन अन्त्यको घोषणा गर्दै शीर्षस्थानमा रहेको पीएसजीलाई १० खेल बाँकी छदै फ्रेन्च लिग वानको च्याम्पियन घोषणा गरेको थियो । १० चरणको खेल बाँकी रहँदा पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १२ अंकले पछि पारेको थियो । पीएसजीको २७ खेलबाट ६८ अंक रहेको छ । दोस्रो स्थानको मार्सेलीको २८ खेलबाट ५६ अंक छ ।

फ्रान्समा खेलकुद गतिविधि ठप्प रहेपनि स्पेन, जर्मनी, इंग्ल्यान्ड र इटलीमा विभिन्न प्रोटोकल अपनाएर लिग सुचारु भइसकेको छ । जर्मन बुन्डेस लिगा सम्पन्न भइसक्दा अन्य लिगहरू पनि सकिने संघारमा पुगिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

व्यवसायी गोल्छा एक करोड धरौटीमा रिहा