बाढीपहिरो पीडित समस्यामा: राहत लैजान सडक छैन, बोकेर लैजान सम्भावन छैन

तस्वीर : दिनेश थापा/सिन्धुपाल्चोक

सिन्धुपाल्चोक । बर्षापछि आएको बाढी र पहिरोले बाह्रविसे नगरपालिकाका विभिन्न वडामा विस्थापित भएकाहरुलाई राहत र अन्य सामग्री पठाउन समस्या भएको छ । बस्तीसम्म पुग्ने सबै सडक पहिरोले अवरुद्ध भएपछि राहात सामग्री लैजान समस्या भएको हो । असार २५ गतेको भिषण बर्षाले बाह्रविसे नगरपालिकाको वडा नम्बर ५ का प्राय सबै बस्ती पहिरोको उच्च जोखिममा भएपछि सबैले आफ्नो घर छाडेका छन् ।

माथिल्लो भेगबाट आएको बाढी सँगैको पहिरोले जम्बु बजार बगाउँदा १७ जना बेपत्ता भएका छन् भने दुई जनाको मृत्यु भएको थियो । सडक छेउको बस्तीमा सबैको ध्यान भएपनि माथिल्लो क्षेत्रमा त्यो भन्दा बढी समस्या भएको उद्धार र राहत कार्यमा निरन्तर खटिरहेकी बाह्रविसे नगरपालिकाकी उपप्रमुख शुसिला पाख्रिनले जानकारी दिइन् ।

अहिले हामी सबैको ध्यान बाढी र पहिरोले वेपत्ता बनाएकाहरुको खोजी कार्य र त्यहाँका विस्थापितहरुलाई सुरक्षीत रुपमा राख्ने कार्यमा नै छ तर माथिल्लो बस्तीहरुका अवस्था झनै समस्याग्रस्त छ उपप्रमुख पाख्रिनले भनिन् । बाह्रविसे नगरपालिकाको ५ नम्बर वडाको कसेरी, खोराङ, काभ्रे बुगाम लगायतका बस्तीका स्थानीयल सुरक्षित स्थानको खोजी गर्दे घर छाडेर हिडेको तिन दिन भएको उनले बताइन् । ‘हामीलाई एक थान मात्रै भएपनि पाल पठाइदिनुहोस् भनेर भन्नुहुन्छ, बोकेर लैजान सम्भावन छैन, सडक छैन कसरी लैजाने हामी समस्यामा छौं’, उपप्रमुख पाख्रिनले भनिन–हेलिकोप्टेरबाट सामग्री विस्थापित बस्तीमा लैजानका लागि माथिल्लो निकायमा भनेपनि वास्ता नै भएन ।

कसेरी बस्तीका मात्रै १ सय ५० बढी स्थानीयले घर छाडेर हिँडेका छन् । बाह्रविसे बजारबाट माथिको सबै सडक नदीले बगाएको छ भने ग्रामीण क्षेत्रको कच्ची सडक सबै पहिरोले क्षतविक्षत बनाएपछि राहात र उद्धारमा समस्या भएको जनप्रतिनिधिहरुले बताएका छन् । खागदाल र जम्बुका पीडितहरुका लागि नेपाली सेनालाई बोकाएर एकसरो राहातका सामग्री प्रदान गरेपनि माथिल्लो बस्तीका स्थानीयलाई केही पनि पठाउन नसकिएको उपप्रमुख पाख्रिनले बताइन् ।

खागदलमा मानवीय क्षीत नभएपनि बाढी र पहिरोको डरले त्यहाँका स्थानीय कपडा नै नलगाई भागेकाले अहिले उनीहरुलाई लगाउने कपडा समेत समस्या हुँदै गएको छ । बाह्रविसेबाट बोकाएर राहतको सामग्री लैजान पनि धेरै समस्या भएको सुरक्षानिकायले जानकारी दिएको छ । ‘मान्छेसम्म हिड्न सक्ने बाटो छैन, सामग्री बोकेर जान त धेरै नै समस्या छ’, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘डिजिटल’ प्रचारप्रसारको प्रतिस्पर्धामा उम्मेदवार