आदर्श सहकारीको प्राथमिकतामा सदस्यको स्वास्थ्य सुरक्षा

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सेयर सदस्यको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर योजना निर्माण गरेको छ । संसथाको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीले आगमी आर्थिक वर्षको लागि योजनामा सदस्यको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको हो ।

कोरोना संक्रमणका कारण आम समुदाय र सहकारीका सदस्यहरुमा समेत स्वास्थ्य सुरक्षाको विषयमा चासो र चिन्ता बढेकोले संस्थाका सेयर सदस्य र समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना, रोगबाट बच्ने उपायहरुका साथै स्वास्थ्य उपचारमा समेत सहयोग पुग्ने गरी योजना निर्माण गरिएको संस्थका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) जानकारी दिइन् ।

संस्थाले २०७० सालमा बनाएको दश वर्षे रणनीतिक योजना परिमार्जन गरी २०८० सालसम्म १ अर्ब सम्पत्ती पु¥याउने लक्ष्य लिएको छ । संस्थाले सूचना संचार (पत्रिका तथा अनलाईन संचालन) तथा ऋण बचतको पनि काम गर्दै आएको छ । स्वास्थ्यसंगै आन्तरिक पर्यटन प्रवद्र्धन, कृषि उत्पादन, बजारीकरण र प्रशोधन, वातावरण संरक्षण लगायतका क्षेत्रमा संस्थाले काम गर्ने अध्यक्ष जिसीको भनाई छ ।

साविक धौलागिरि अञ्चलमा पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित भई सूचना, सञ्चार, वित्तीय लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारीलाई गण्डकी प्रदेश स्तरीय सवल र सशक्त सञ्चार गृहका रुपमा स्थापित गर्ने संस्थाको योजना रहेको छ ।

सहकारीमार्फत सञ्चार र आर्थिक विकास भन्ने नाराका साथ क्रियाशिल आदर्श सञ्चार सहकारीद्वारा सञ्चालित आदर्श सचार अनलाइनको सेवा विस्तार गरी गण्डकी प्रदेशको राजधानी पोखराबाट समेत सञ्चालन गर्ने, विषय, कार्यक्षेत्र मिल्ने सहकारी संस्थाहरुसंग एकीकरण गरी पर्वत र म्याग्दीमा सेवा केन्द्र सञ्चालन गर्ने, आफ्नै सुविधा सम्पन्न भवनबाट पत्रपत्रिका, टेलिभिजन, एफएम, अनलाइन, युट्युव च्यानललगायतका सञ्चार माध्यम सञ्चालन गर्ने रणनीतिक योजनामा समावेश गरिएको संस्थाका कार्यकारी सम्पादक दिल शिरिषले जानकारी दिए ।

संस्थाले २०८० साल असार समान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर रकम, ८० करोड बचत, ७५ करोड कर्जा लगानी, २ करोड जगेडा कोष र कुल सम्पत्ती १ अर्ब पु¥याउने लक्ष्य संस्थाले लिएको कोषाध्यक्ष पूर्णबहादुर कार्कीको भनाई छ । हाल संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर रकम, २५ करोड बचत र २४ करोड कर्जा लगानी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 402 times, 1 visits today)

epaper

ताजा समाचार

नगरप्रहरीको ज्यादतीमा नगरप्रमुखले कारबही नगर्ने