डडेल्धुरा सदरमुकाममा चहलपहल बढ्यो (फोटो फिचर)

डडेल्धुरा । जिल्ला सदरमुकाममा आर्थिक वर्षको अन्त्यतिर चहलपहल बढ्दै गएको छ । सरकारले फागुन ११ गतेदखि देश लकडाउन गरेसंगै सुनसान भएको डडेल्धुरा जिल्ला सदरमुकाममा असार महिनाको अन्तिम सातादेखि भने चहलपहल बढेको छ ।

डडेल्धुरा जिल्लामा केही साता अघिसम्म कोरोना संक्रमितहरुको दर उच्च रहँदा जिल्ला सुरक्षा समिति र विभिन्न पालिकाहरुले आफ्नो पालिकाहरु सिल गरेका थिए । तर पछिल्लो समयमा डडेल्धुरा जिल्लामा कोरोना संक्रमितहरुको घट्दै गएकोले विभिन्न पालिकाहरुबाट जिल्ला सदरमुकाआउने संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

जिल्ला सुरक्षा समिति र विभिन्न पालिकाहरुले सरकारी कार्यालयहरु खुल्ने गरी सिल गर्दा सदरमुकाम भित्रिनेको चाप बढ्दै गएको छ । आर्थिक वर्षको अन्तिम महिनामा सरकारी कार्यालयहरुबाट विभिन्न योजनाहरुको भुक्तानी लिनका लागि ग्रामीण क्षेत्रबाट मानिसहरु आउने गरेका छन् भने आर्थिक वर्षको अन्तिम महिना भएकोले सरकारी कार्यालयहरुसंग वर्षभरि भएको कारोवारको रकम फरफारक गर्नु पर्ने समय हुँदा व्यापारीहरुले पनि विलभौचार व्यवस्थापनका लागि भन्दै बजार पुर्णरुपमा सुचारु गरेका छन् ।

मानिसहरुसंग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरु कोष तथा लेखा नियन्त्रण कार्यालय, आन्तरिक राजस्व कार्यालय, विद्युत कार्यालय र बैंकहरुमा सेवाग्राहीहरुको चापअत्यधिक बढेको छ । डडेल्धुरा जिल्लामा सय७३ जना कोराना संक्रमित रहेका छन् जसमध्ये ६६ जनाले कोराना जितेर घर फर्किएका छन् ।

कोरोना संक्रमण देखिएका व्यक्तिहरु पनि आफ्नै घरमा आइसोलेनमा रहेको स्थानीय पालिकाहरुले बताइरहेका छन् तर होम आइसोलेनका नाममा संक्रमितहरु खुलेयाम गाउँघरमा घुमघाम तथा मेलापात गर्न गइरहेका छन् । थप लक्षण नदेखिएका संक्रमितहरुको आइसोलेशन व्यवस्थापन नहुँदा जोखिम भने बढेदै गएको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 673 times, 1 visits today)

epaper

ताजा समाचार

एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त