‘श्रीमान र सासुको यातना सहन नसकेर कल्पनाले गरेकी थिइन् आत्महत्या’

जनकपुरधाम । पति र सासुले यातना दिएकाले आफ्नी छोरी कल्पनाले झुण्डिएर आत्महत्या गरेकी उनकी आमा रिंकी पाण्डेले बताएकी छिन् । गत मंगलबार जनकपुरको विद्यापती चोकमा कल्पना ठाकुरले झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
श्रीमान र सासुले दाइजोका लागि पटकपटक दिएको दबाब सहन नसकेर असार २३ गते झुण्डिएर आत्महत्या गरेको दाबी आमाले गरेकी हुन् ।

मृतक कल्पनाको विवाह महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर–२ डाम्ही महेशपुरका महेन्द्र ठाकुरको छोरा जितेन्द्र ठाकुरसँग २०७४ सालमा विवाह भएको थियो ।’ आमा रिंकीले भनिन् ‘विवाहमा ८ लाख रुपैयाँ दाइजो दिइएको थियौ । कल्पना केही महिनादेखि हामीसँगै बस्दै आएकी थिईन् । लकडाउनभन्दा पहिले छोरी र ज्वाईबीच जग्गा नामसारीको विषयलाई लिएर पटक पटक विवाद भएको थियो ।’

१५/२० दिन पहिले ज्वाई जितेन्द्र आफ्नो कार्यस्थल सर्लाहीको लालबन्दी फर्केपनि छोरी र ज्वाईको बीचमा फोनमा विवाद हुँदा कल्पना हुने गरेको आमा रिंकीको भनाई थियो ‘मेरो छोरीलाई ज्वाईले आफ्नो आमाको निर्देशनमा जग्गाका लागि पटकपटक यातना दिँदै आएको थिए ।’ रिंकीले भनिन् । विवाह भएको एक वर्षदेखी नै ज्वाइले छोरीलाई यातना दिएको आमा रिंकीको भनाई छ ।

‘ज्वाइले अपशब्द बोल्दै गाली गर्थे, निरन्तरको मानसिक तनावल छोरीले अन्त्यमा मृत्युको बाटो रोजेको मृतकका पिता दरोगा साहले बताए । ‘धनको लोभमा परेर उनी (जितेन्द्र) मेरो छोरीसँग विवाह गर्न राजी भएका थिए । मैले छोरीको नाममा जनकपुरमा जग्गा दिन पनि राजी भएको थिएँ तर जितेन्द्रकी आमाले तपाईं छोरीको नाममा नभई मेरो छोराको नाममा जग्गा रजिष्टे«शन गर्नुस भनेर दवाव दिँदै आइरहेका थिए ।’ उनले भने

सासु र श्रीमानले दिएको तनाबकै कारण कल्पना माइती बस्दै आएकी थिइन् । जितेन्द्रले जबसम्म मेरो नाममा जग्गा पास हुँदैन तबसम्म घर लान्न भनेर कल्पनालाई फोनमा धम्की दिईरहेका थिए । मृतक कल्पनाका डेढ वर्षीय एक छोरा छ । जितेन्द्र र उनकी आमा माधुरी ठाकुर अहिले फरार भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 476 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ