सिन्धुलीमा ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

सिन्धुली । विपी राजमार्गको सिन्धुली बर्दिवास सडक खण्डमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । शनिबार बिहान १० भिमानबाट सिन्धुलीतर्फ बालुवा बोकेर आईरहेको ना३त३८९७ नम्बरको ट्याक्टरले कमलामाई नगरपालिका वडा नं. ११ मा बालिकालाई ठक्कर दिएको हो ।

ट्याक्टरको ठक्करबाट घाइते भएकी कनपा ११ की ४ वर्षिय बालिका यस्कर वार्ईवाको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । सिन्धुली अस्पतालमा सामान्य उपचारपछि उनलाई काठमाडौँ लगिएको थियो ।

उनको सुनकोशी गाउँपालिकाको रातामाटामा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ट्याक्टर चालक कमलामाई नगरपालिका वडा नं. ७ का २१ वर्षिय मदन स्याङ्वालाई नियन्त्रणमा लिइएको डिएसपी श्याम बहादुर खत्रीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 399 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुराका पालिका प्रमुखमा चार जना अधिवक्ताको उम्मेदवारी