पलाञ्चोक भगवतीको मन्दिरमा महायज्ञ हुने

काभ्रे । जिल्लाको ऐतिहासिक पलाञ्चोक भगवतीको मन्दिरको उत्तरपूर्वमा रहेको नीजि जग्गा खरिद गर्नको लागि महायज्ञ लगाइने भएको छ । आगामी चैत्र १८, गतेबाट लगाइने महायज्ञको ’boutमा शुक्रबार पलाञ्चोकमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।


सम्मेलनमा मन्दिरको उत्तरपूर्वमा रहेको ७ रोपनी जग्गा खरिदको लागि ३ करोड ५० लाख रुपैया लाग्ने भएकोले आवश्यक रकम उठाउन महायज्ञ लगाउन लागेको पलाञ्चोक भगवती संरक्षण समितिका संरक्षक एवं पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले जानकारी दिए ।


उनका अनुसार ७, रोपनी जग्गा खरिद गर्न नगरपालिकाको कोषले मात्र नपुग्ने भएकोले आवश्यक रकम उठाउन महायज्ञ लगाउन लागेको हो । महायज्ञबाट कम्तिमा पनि ५ देखि ६ करोड रुपैया उठाउने लक्ष्य लिइएको छ । जग्गा खरिदबाट बचेको रकमले पार्कीङको व्यवस्थापनमा खर्च गरिने लक्ष्य आयोजकले लिएको छ । जग्गा खरिदको लागि पाँचखाल नगरले ३० लाख रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।


भगवति मन्दिरको मुल समितिको नाममा ३० लाख, बृहत्तर विकास ७ लाख, ३ लाख रथ मर्मतको लागि गरि ४० लाख रकम खातामा रहेको पाँचखाल नगरपालिका वडा नं ९, का अध्यक्ष एवं सप्ताह मुल आयोजक समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए ।


पत्रकार सम्मेलनमा पाँचखाल नगरका प्रमुख एवं मन्दिरको संरक्षक महेश खरेलले पलाञ्चोक भगवती नेपालकैै सवै भन्दा महत्वपुर्ण शक्ति पिठ रहेको बताए । यस्तो महत्वपुर्ण शक्ति पिठको उत्तर पुर्वमा रहेको जग्गा व्यक्तिको नाउमा रहेकोले खरिद गर्नुपर्ने भएको बताउँदै उनले भने ‘व्यक्तिकै भएपनि हाल सम्म मन्दिरमा आउने भक्तजनहरुको सुबिधाकको लागि सवारी पार्किङ्ग गर्दै आएको जग्गा खरिदको लागि मात्रै झण्डै ३ करोड ५० लाख आवश्यक हुने भएकोले सप्ताहको आयोजना गर्न लागेका छौ’ ।

पत्रकारहरुको जिज्ञासामा नगर प्रमुख एवं मन्दिरको संरक्षक खरेलले जग्गाको न्युनतम मुल्य प्रति आना १४ लाख सम्ममा खरिद विक्री भएको अवस्थामा जग्गाधनिहरुसंग अनुरोध गर्दा प्रति आना ३ लाखमा दिने सहमति भएको बताए । नगरप्रमुख खरेलले पत्रकार सम्मेलनकै क्रममा १ लाख ८ हजार रकम दान गर्ने घोषणा गरेका थिए । विगत लामो समयदेखि जग्गा खरिदको लागि पहल गर्दा संम्भव नरहेको र हाल पाँचखाल नगरमा पटक पटक वार्तापछि जग्गावालाहरुले चलन चल्तिको मुल्य भन्दा अत्यन्त कम मुल्यमा जग्गा दिने सहमति भएपछि खरिदको लागि चन्दाको रुपमा महायज्ञ लगाउन लागेको वडा अध्यक्ष एवं महायज्ञ संयोजक किरण श्रेष्ठले बताए ।


उनका अनुसार जग्गा किन्न र व्यवस्थापनको लागि बैना बापत १० लाख रकम जग्गावालालाई दिएको छ ।
कार्यक्रममा सामाजिक अभियन्ता रामशरण रेग्मीले मन्दिरको लागि आवश्यक जग्गाको लागि जग्गावालाहरुले ठुलो त्याग गरेको वताउंदै यस्तो महत्वपुर्ण कार्यमा चन्दा दिने अवसर रहेको बताए । उक्त कार्यक्रममा सामाजिक अभियन्ता गोरे बहादुर थापा, नेपाली काँग्रेस पाँचखाल नगर समिति सभापति गणेश अधिकारी लगाएतले महायज्ञ’bout मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीका ४ गाउँपालिकामा एमाले–कांग्रेसले बाँडे पद