Saturday, August 8, 2020
Home Breaking News पूर्वाधार विकास र वातावरण प्रदूषणका नाममा ५५ अर्ब रकम असुली

पूर्वाधार विकास र वातावरण प्रदूषणका नाममा ५५ अर्ब रकम असुली

काठमाडौं । सरकारले पाँच वर्षमा उपभोक्ताबाट पूर्वाधार विकास र वातावरण प्रदूषणका नाममा ५५ अर्ब २ करोड रुपैयाँ असुल गरेको छ । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार विकास गर्न र वातावरण प्रदूषण नियन्त्रण गर्न नाममा उपभोक्ताबाट सो रकम असुली गरेको हो । तर, उपभोक्ताले सरकारलाई जुन उद्देश्यले पेट्रोलियम पदार्थबाट कर बुझाइरहेका छन् सोअनुसार सुविधा भने पाउन सकेका छैन् । सरकारलाई प्रतिलिटर १० रुपैयाँ कर बुझाए पनि उपभोक्ताले न त चिल्ला सडकमा गाडी गुडाउन पाएका छन् न त स्वच्छ वातावरणमा नै बस्न पाएका छन् । पेट्रोलियम पदार्थबाट मात्र सरकारले विभिन्न छवटा शीर्षकका नाममा कर असुल्दै आएको छ । सडक मर्मत शुल्क, वातावरण खर्च, मूल्य अभिवृद्धि कर, पूर्वाधार विकास, आयकर भनेर उपभोक्ताबाट असुल्दै आएको छ ।

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा ५ रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७२÷७३ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए । पछि, सो शीर्षक परिर्वतन गरेर आर्थिक वर्ष २०७४÷७५ बाट पूर्वाधार विकास कर लिन थालिएको थियो । हालसम्म पेट्रोलियम पदार्थबाट उठाउँदै आएको शुल्क मात्र ४८ अर्ब ३ करोड रुपैयाँ बढी रकम जम्मा भइसकेको छ । सरकारले जसरी उपभोक्ताबाट विभिन्न शीर्षकका नाममा पैसा असुल्दै आएको छ तर उपभोक्तालाई त्यसको अनुभूति हुनेगरी सुविधान दिन सकेको छ । सो रकम कसरी र कहाँ खर्च भइरहेको छ सरकारले समेत त्यसको लेखाजोखा गरेको पाइँदैन । सो कहाँ र कसरी खर्च भइरहेको छ भनेर खोज्दा सरकारी अधिकारीहरूले नै थाहा छैन भन्छन् । सरकारी अधिकारीले सो शीर्षकमा उठाएको रकम पूर्वाधार र सडक मर्मतका लागि खर्च हुने दाबी गर्दै आएका छन् तर कहाँ र कुन सडकमा कति खर्च भएको छ भन्ने यकिन तथ्यांक सरकारले दिन सकेका छैनन् ।

बूढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफंै बनाउने घोषण गरेपछि सरकारले आर्थिक वर्ष २०७२÷७३ मा सोको लगानी जुटाउन पेट्रोलियम पदार्थ आयात गर्दा प्रतिलिटर ५ रुपैयाँ भन्सार कर उठाउन थालिएको हो । सो समयमा सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना आफैं निर्माण गर्ने घोषणा गरेको थियो । सरकारको सो घोषणपछि नेपाल आयल निमगले पेट्रोलियम पदार्थबाट उठाएको प्रतिलिटर ५ रुपैयाँ भन्सार कर संकलन गरेर अर्थ मन्त्रालयलाई बुझाउँदै आएको थियो । चालू आर्थिक वर्षदेखि सो रकम शुल्कबाट थप ५ रुपैयाँ बढाएर प्रतिलिटर १० रुपैयाँ भन्सार कर बनाएको छ । मन्त्रिपरिषद्को १२ फागुनमा बसेको बैठकले पेट्रोल र डिजेलमा लिँदै आएको पूर्वाधार विकास कर बढाए प्रतिलिटर १० रुपैयाँ पु¥याइसकेको हो

यसैगरी, सरकारले वातावरण प्रदूषण नियन्त्रण गर्न आर्थिक वर्ष २०६५÷२०६६ सालदेखि वातावरण प्रदूषण शुल्क शीर्षकमा कर उठाउँदै आएको छ । निगमले प्रतिलिटर इन्धनबाट ५० पैसाका दरले रकम संकलन गर्दै आएको छ । निगमको तथ्यांकअनुसार आर्थिक वर्षमा २०७२÷७३ देखि आर्थिक वर्ष २०७६÷७७ असारसम्ममा ६ अर्ब ९९ करोड शुल्क संकलन गरेको छ ।

पेट्रोलियम पदार्थ भन्सार कर पूर्वाधार विकास कर वातावरण प्रदूषण शुल्क
आर्थिक वर्ष २०७२-७३ १ अर्ब १६ करोड रुपैयाँ ५२ करोड रुपैयाँ
आर्थिक वर्ष २०७३-७४ ९ अर्ब ४३ करोड रुपैयाँ ८५ करोड रुपैयाँ
आर्थिक वर्ष २०७४-०७५ ११ अर्ब ३६ करोड रुपैयाँ १ अर्ब ४ करोड रुपैयाँ
आर्थिक वर्ष २०७५-०७६ १२ अर्ब ४१ करोड रुपैयाँ १ अर्ब ५७ करोड रुपैयाँ
आर्थिक वर्ष २०७६-०७७ १३ अर्ब ६७ करोड रुपैयाँ ३ अर्ब १ करोड रुपैयाँ
पाँच वर्षको जम्मा कर ४८ अर्ब ३ करोड रुपैयाँ ६ अर्ब ९९ करोड रुपैयाँ
स्रोतःनेपाल आयल निगम

(Visited 41 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

ई-पेपर

(Visited 45 times, 1 visits today)