पेट्रोलियम पदार्थ भण्डारण बढाउनेदेखि पूर्वाधार विस्तार गर्दै निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण बढाउनेदेखि पूर्वाधार विस्तार गर्ने तयारी गरेको छ । करिब १९ वर्षपछि निगमले पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउन लागेको हो । निगमसँग देशभर पेट्रोलियम भण्डारण क्षमता ७१ हजार ७ सय ९ किलोलिटर मात्र छ । पेट्रोल ९ हजार ३८४, डिजेल ४६ हजार ५ सय र हवाई इन्धन ८ हजार ५ सय ६ किलोलिटर छ । हाल निगमसँग देशभर पेट्रोलियम पदार्थ भण्डारण क्षमता करिब एक सातालाई मात्र पुग्ने भण्डारण क्षमता छ । निगमको तथ्यांकअनुसार पेट्रोल करिब ६ दिनलाई डिजललाई ११ दिन र हवाई इन्धन करिब १२ दिनका लागि मात्र धान्न सक्ने क्षमता छ । २०७२ सालमा भारत सरकारले नेपालमा नाकाबन्दी गरेपछि सरकारले ९० दिनलाई पुग्नेगरी पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउने नीति ल्याए पनि हालसम्म क्षमता बढाउन सकेको छैन ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार करिब १९ वर्षअघि विस्तार गरेका भण्डारणले नै अहिले माग धानिरहेको छ । निगमका अनुसार २०५८ मा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा काठमाडौंको थानकोट र पोखरामा भण्डारण क्षमता बढाएको थियो । त्यो समयभन्दा यता पेट्रोलिय भण्डारण क्षमता बढाउन सकेको छैन ।
निगमका इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागका निर्देशक पूर्णप्रसाद रिजालका अनुसार पोखरामा डिजेलका लागि १० हजार किलोलिटर भण्डार क्षमता विस्तार गर्न थालेको छ । करिब ९८ करोडको लागतमा पोखरामा डिजेलको भण्डारण विस्तार गर्न लागेको उनले बताए । यसैगरी, उनले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा १० हजार किलोलिटरको हवाई इन्धनको भण्डार क्षमता विस्तार गर्न तयारी निगमको रहेको बताए । सो भण्डारण क्षमता विस्तारका लागि करिब १ अर्ब ६० करोड लागत लाग्ने अनुमान गरेको उनले बताए ।

विभागका निर्देशक पूर्णप्रसाद रिजालका अनुसार भैरहवाको अन्तराष्ट्रिय गौतम विमानस्थलको लागि १९ हजार किलोलिटर हवाई इन्धनको डिपो विस्तार गर्ने तयारी गरिएको छ । भैरहवामै ४ करोड ९८ लाख लागतमा ३ सय ५० किलोलिटर क्षमताको अन्डर ग्राउन्ड टयांकी निर्माण गर्न लागिएको रिजालले जानकारी दिए । जनकपुर, झापाको भद्रपुर र रामेछापको मन्थलीमा १ सय ५० किलोलिटर क्षमताको हवाई इन्धनको अन्डेड ग्राउन्ड ट्यांकी निर्माण गर्न लागिएको छ । यस्तै, ९ करोड लागतमा मन्थलीमा ३० किलोलिटर र जनकपुर र भद्रपुरमा ६०÷६० किलोलिटर क्षमताको अन्डेड ग्राउन्ड टयांकी निर्माण गर्न लागेको छ ।

निगमको केन्द्रीय कार्यालय बबरमलमा १९ तलाको कर्पाेरेट भवन निर्माण गर्ने तयारी छ । सो भवनमा सूचना प्रविधि विभाग बनाउनुका साथै कारोबारलाई डिजिटललाइजेसन जाने तयारी गरेको निगमले जनाएको छ ।

हाल निगमसँग पेट्रोलियम पदार्थ भण्डारण काठमाडौंलगायतका विभिन्न १२ स्थानमा छन् । विराटनगर, जनकपुर, अमलेखगन्ज, मन्थली पोखरा, भैरहवा, भैरहवा पम्प, नेपालगन्ज सुर्खेत, धनगढी र दिपायल छन् । विराटनगर भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ५ सय ६०, डिजल ८ हजार ९ सय १०, मट्टितेल, २ हजार १ सय ७०, र हवाई इन्धन २ सय ८० गरी जम्मा ११ हजार ९ सय २० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ ।

जनकपुर पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल ३० डिजल १ सय ४०, मट्टीतेल, ७०, र जम्मा २ सय ४० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ । अमलेखगन्ज भण्डारण पेट्रोलियम पदार्थ क्षमताको अवस्था पेट्रोल १ हजार ९ सय ३०, डिजल १९ हजार ८ सय, मट्टीतेल, १ हजार ५ सय किलोलिटर गरी जम्मा २३ हजार २ सय ३० किलोलिटर मात्र भण्डारण क्षमता रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित