काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या ६९७ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २५ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)






