कोशी महोत्सवमा दुई लाख बढी पर्यटकद्धारा अवलोकन


इटहरी । गत माघ १९ गतेदेखि सुनसरीको कोशी टप्पुमा आयोजना गरिएको पहिलो कोशी महोत्सवमा दुई लाख भन्दा बढी पर्यटकले भ्रमण गरेकाछन् । कोशी गाउँपालिकाको आयोजनामा यहाँको प्रचार गर्नका लागि आयोजना गरिएको महोत्सवमा दुई लाख बढी पर्यटक आएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । ‘२९ गतेसम्म आयोजना गर्ने भनिएको महोत्सव तीन दिन थप गरेका थियौँ,’ अन्सारीले शनिबार समापन सभालाई सम्बोधन गर्ने क्रममा भने, ‘हामीले कोशी टप्पुको सकारात्मक प्रचारका निम्ति यो महोत्सव आयोजना गरेका हौँ, यहाँ लोपोन्मुख बन्यजन्तु रहेकाले यसको संरक्षणका लागि पनि महोत्सव आयोजना गरिएको हो ।’


उनले कोशीमा पर्यटकको चाप बढ्दो क्रममा रहेको बतउँदै यसको विकास र स्तरोन्नतिका निम्ति स्थानीय सरकार गम्भीर रहेको बताए । नेपाल सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्राउँने लक्ष्य लिएको र प्रदेश १ सरकारले ५ लाख पर्यटक भित्राउँने लक्ष्य लिएकाले कोशीटप्पुमा मात्रै ५ लाख बढी पर्यटक आउँनुपर्नेमा जोड दिए ।

उनले भने, ‘यहाँ लोपोन्मुख हुँदै गएको जंगली जनावर नजिकबाट नियाल्न सकिन्छ, नजिकै सप्तकोशीमा बोटिङदेखि पौडी खेल्न समेत पाइने भएकाले यसको सकारात्मक प्रचारका निम्ति सबैमा आह्वान गर्दछु ।’ उनले कोशी महोत्सवमा १० करोड भन्दा बढीको कारोबार भएको बताउँदै पर्यटकीय क्षेत्र बन्नेमा सुखद् आगत रहेको तर्क गरे ।


अन्सारीले कोशीटप्पुलाई राष्ट्रिय स्तरमा प्रचार नभएको र यसको प्रचारका निम्ति जोड दिए । महोत्सवको उद्धघाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । उनले प्रदेश १ सरकारले ५ लाख पर्यटक भित्राउँने लक्ष्य लिएकाले कोशीटप्पुमा पनि पर्यटक बढ्ने बताएका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सरकारका संसदीय दलका नेता राजीब कोईरालाले यो ठाउँ प्रदेश सरकारको पर्यटनको हबका रुपमा विकास हुनुपनर्जमा जोड दिए । उनले भने, ‘प्रदेश सरकारले गर्व गर्नुपर्ने ठाउँ हो यो । प्रदेश सरकारले ५ लाख पर्यटक भित्राउँने लक्ष्य लिएको र त्यो लक्ष्य सफल पार्न कोशी महोत्सवले महत्वपूर्ण भूमिका खेलेको छ ।’


वि.स. २०३२ सालमा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्षण १सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तीन जिल्ला सुनसरी, सप्तरी र उदयपुरमा फैलिएको यो क्षेत्र सन् १९८७ रामसार सूचीमा सूचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा अहिले ५सय २७ प्रजातिका चरा, दुर्लभ अर्ना दुर्लभ डल्फिन पर्यटकले हेर्न पाउँनेछन् । त्यस्तै, यहाँ हात्ती सफारी, जंगल सफारी र बोटिङ सवारी पनि पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुनसरी क्षेत्र नं. ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९