कालिकोटमा अनेरास्ववियुद्वारा एक हजार मास्क वितरण

काठमाडौँ । अनेरास्ववियु कालिकोटले सदरमुकाम मान्म बजारमा एक हजार KN 95 मास्क वितरण गरेको छ । एक स्थानीय डाक्टरलाई कोरोना देखिँदा नागरिकलाई कोरोना संक्रमण नहोस भन्दै प्रशासनले मान्म बजारमा आवत जाउतमा कडाई गरेपछि, अनेरास्ववियुले एक हजार मास्क सर्व साधाहरण नागरिक लाई वितरण गरेको हो ।

अनेरास्ववियु का केन्द्रीय कमिटी सदस्य भिम प्रसाद आचार्य, जिल्ला संयोजक मनसिंह शाहि, सह संयोजक शन्तोश महतारा, विद्यार्थी नेता हिक्मतजंग मल्ललको नेतृत्वमा विना मास्कमा हिँडडुल गरिरहेका नागरिकलाई कोरोना संक्रमण नहोस भन्दै मास्क वितरण गरेको नेता आचार्यले बताए ।

उनका अनुसार, कोरोना संक्रमित स्थानिय डाक्टर मान्म बजारको एक होटलमा बास बसेर केही स्वास्थ्यकर्मी र पत्रकार संग भेटघाट गरेकाले, यसमा अरूकसैलाइ संक्रमण नहोस भन्दै सानो भएपनि सहयोग गरेको बताए । यस्तै अनेरास्ववियुका जिल्ला संयोजक मनसिंह शाहीले, लकडाउन अवधिभर आफुहरूले मास्क सेनिटाइजर वितरणदेखि, विभिन्न शन्देश मुलक कामहरू गर्दै आइरहेको बताए ।

मास्क नलाएर बजारमा हिँडडुल गरिरहेका नागरिकलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । मास्कको अभाव र कतिपयले अहिले मास्क लगाउन पनि छोडिसकेका छन् । उनीहरूलाई दुख नहोस् र संक्रर्मण नहोस् भन्दै, मास्क वितरण गरेको बताए । स्थानिय डाक्टरलाई कोरोना देखाएपछि अहिले मान्म बजारको होटल सुईसवेल प्रहरीले सिल हानेको छ । संक्रमितसंग भेटघाट भएहरूको पहिचान गरी केहिलाई क्वारेन्टाईनमा राखिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु