राष्ट्रपति भण्डारी सहभागी हुने महायज्ञको तयारी तीव्र

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा फागुन ४ गतेबाट हुने मधानी महायज्ञ २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ ।

मौलापुर नगरपालिका–५ पतौरामा रहेको मन्दिर प्राङ्गणमा हुने महायज्ञमा फागुन ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाउने तथा पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोच्चारण गराई विशेष पुजा गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञ स्थल, मुल समारोह, पुजा, मन्दिरलगायतको क्षेत्रमा तयारी कार्य तीव्र पारिएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय, आयोजकलगायतले निरन्तर सक्रियतापूर्वक राष्ट्रपति भण्डारीको स्वागतको तयारीमा छन ।

पर्यटन प्रवर्द्धन गर्न तथा भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना भएको महायज्ञमा यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले भगवान शिवको विशेष पुजा अनुष्ठान हुनेछ ।

फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम रहेको छ । फागुन ६ गते राष्ट्रपति भण्डारीबाट विशेष पुजा तथा नेपाली एवम् विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमसहित दर्जनौ क्रियाकलाप आयोजना हुने बताइएको छ ।

महायज्ञको सहआयोजक एस राज प्रोडक्सनसका सन्तोष राज सहनीका अनुसार भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायक दिनेशलाल यादव निरहुआ, नायिका आम्रपाली दुबे, गायिका ईन्दु सोनाली तथा नेपाली कलाकारहरु केकी अधिकारी, निखिल उप्रेतीलगायतको सांस्कृतिक प्रस्तुति रहनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?