जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच/पाँचलाखको चेक हस्तान्तरण गरेका छन् ।
लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने शहीदनगर नगरपालिका ९ का बिरेन्द्र गुरमैता यादव, प्रहरी हिरासतमा मृत्यु भएका सबैला नगरपालिका १२का शम्भु सदा र उपचार नपाएर जनकपुरधाम प्रादेसिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका हंसपुर नगरपालिकाका राजु सदाको परिवार लाई मुख्यमन्त्री राउतले पाँच÷पाँच लाखको चेक हस्तान्तरण गरेका छन् ।
मुख्यमन्त्री राउत सहितको टोली तीन जना पीडित परिवारको घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवारप्रति समवेदना ब्यक्त गर्दै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराएको उल्लेख गरे । साथै घटनामा दोषी देखिएकाहरु माथि कारबाहीको लागि प्रदेश सरकार हर सम्भव प्रयास गर्ने प्रतिवद्धता समेत उनले जनाए ।
उक्त अवसरमा प्रदेश सभासदस्य राम आशिष यादव, मुख्य न्यायाधिबक्ता दीपेन्द्र झाको उपस्थिति रहेको थियो । तिनटैको मृत्युका लागि प्रदेश सरकारले छानबीन गर्ने प्रतिबद्धता जनाएका थिए । तर अहिलेसम्म छानबीनको रिपोर्ट सार्वजनिक भएको छैन ।






