लन्डन । अंक तालिकाको १५ औं स्थानमा रहेको वेस्ट ह्याम युनाइटेड प्रिमियर लिगको रेलिगेशनबाट जोगिने सम्भावना बलियो बनेको छ । उसले गएराति सम्पन्न खेलमा वाट्फोर्डलाई ३–१ ले पराजित गरेसँगै रेलिगेशनबाट जोगिने सम्भावना बलियो बनाएको हो ।
रेलिगेशन जोनबाट गुज्रिरहेको युनाइटेडलाई गएरातिको जितले ठूलो राहत दिएको छ । घरेलु मैदानमा भएको खेलमा वेष्ट ह्यामका लागि छैटौँ मिनेटमा मिकेल एन्टोनियो, १० औँ मिनेटमा टोमस सुचेक तथा ३६ औँ मिनेटमा डेक्लन राइसले गोल गरेका हुन् । वाट्फोर्डका लागि ट्रोय डीनीले ४९ औँ मिनेटमा एक गोल फर्काए ।
वेष्ट ह्यामको ३६ खेलबाट ३७ अंक भएको छ । पराजित भएको वाट्फोर्ड ३४ अंकसहित १७ औँ स्थानमा छ । नरगिच सिटी रेलिगेशनमा परिसकेको छ भने रेलिगेशन जोनमा रहेका बोर्नमाउथ र एस्टन भिल्लाको समान ३१ अंक रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)






